नेपाल विद्यार्थि संघ मिर्मी वहुमुखी क्याम्पसमा नेविसंघ ईकाई समीती गठन

प्रकाशित मिति:

स्याङ्जा । नेपाल विद्यार्थि संघ मिर्मी वहुमुखी क्याम्पस मिर्मीमा नेपाल विद्यार्थि संघको ईकाई समीती गठन भएको छ । किरण भटराईको सभापतीत्वमा ३५ सदस्सीय नयां कार्यसमीती गठन भएको छ । जसको उपाध्यक्षमा विपना ढेगा ,चन्द्रकला सुन्दौली ,सचीव सुस्मा भण्डारी ,सह सचीव दुर्गा थापा , कोषाध्यक्ष माया पाण्डेय रहनु भएको छ ।

नेविसंघ कालीगण्डकी सभापती रेश्मीराज न्यौपानेको सभापतीत्वमा भएको कार्यक्रममा प्रमुख अतीथी नेविसंघ निर्वतमान महामन्त्री युवराज पाण्डेय , प्रदेश प्रतिनीधी अमृत पाण्डेय ,हरीवोल भटराईले नेविसंघमा किन अवाद्ध हुने त भन्ने विषयमा विद्यार्थिलाई प्रशीक्षण दिनु भएको थियो । निर्वतमान महामन्त्री पाण्डेयले नेपालमा जनतालाई भ्रमीत वनाउने गरी कम्युनीष्टहरुले उत्तेजनाको राजनीती गर्ने भएकाले सचेत हुनु विद्यार्थिलाई आग्रह गर्नु भयो । उहाले एमसीसी को विषयमा छरीएको भ्रमको वारेमा विद्यार्थिलाई प्रष्ट पार्नु भएको थियो । प्रदेश प्रतिनिधी अमृत पाण्डेयले यो देशमा भएका परीवर्तनहरुका आन्दोलनमा नेपाली काग्रेसले नेतृत्व गरेको र विद्यार्थिले सुविधा पाउने विषयमा नेपाल विद्यार्थि संघले सधै आन्दोलन गरेर निष्कर्षमा पुर्याएकाले पनी नेविसंघमा आवद्ध हुनु आग्रह गर्नु भयो ।