प्रकाश न्यौपाने
चैत २४ गते
नवलपरासी ।
मावनकै कारण मानव अस्तित्व खतरामा पर्दै गएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापती गोबिन्द खनालले बताउनु भयो ।
मानव अधिकार तथा शान्ति समाज नवलपरासीले हिमालय बचाउँःनदी जोगाउँ, भन्ने मुल नारासहित राखिएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नदीनाला जोगाउन आवश्यक रहेको बताउनु भयो । अहिले मानव सृजितकारणले गर्दा जलवायुमा प्रतिकुल असर परेको तर्फ इकित गर्दै उहाले मानवकै कारणले जलवायु परिवर्तनका भएको र हिमालय पग्लिन थालेको भन्दै नदिनाला जोगाउनतर्फ सबैको ध्यान जान आवश्यक रहेको औल्याउनु भयो । मानवले प्राकृतिक स्रोत र साधनको चरम दुरुपयोग गरिरहेको बताउदै उहाले यसको सरक्षण र सम्बर्द्धनमा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । सभापति खनालले प्राविधिक शिक्षा महंगो भएको भन्दै यसलाई सर्वसुलभ बनाउनु पर्नेमा समेत जोड दिनु भयो । प्राविधिक शिक्षामा सबैले समान अवसर पाउनु पर्ने उल्लेख गरे । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको योजना अनुरूप भोट हाल्न उहाले सबैलाई आग्रह समेत गर्नु भयो । प्रस्ट, नीति र योजना बनाउन सक्ने, प्राकृति दोहन रोक्न सक्ने र गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा उपलब्ध गराउन सहि प्रकारको नेतृत्व छनोट गर्न आग्रह गर्नु भयो ।
समाजका सल्लाहकार प्रेम न्यौपानेले जलवायु परिवर्तन र यसले पारेको प्राभावका बिषयमा सरोकारवाला सम्पुर्णलाई गम्भीर हुन आग्रह गर्नु भयो । मानव अधिकार तथा शान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचीव गणेश न्यौपानेको सञ्चालन र स्वागत मन्तव्य सहसचिव प्रकाश न्यौपानेले गर्नु भएको थियो ।












