स्याङ्जा । नेपाली विद्यार्थि संघले विरेन्द्र मावि जैपतेमा ईकाई समीती गठन गरेको छ । प्रतिभा न्यौपानेको सभापतीत्वमा २३ सदस्सीय नयां कार्यसमीती गठन भएको छ । जसको उपसभापतीमा कृष्ण कुमारी सोमै, चन्द्र वहादुर थापा ,सचीव कविता न्यौपाने ,सह सचीव सपना न्यौपाने ,कोषाध्यक्ष सन्ध्या सिजापती रहनु भएको छ ।
नेपाल विद्यार्थि संघ कालीगण्डकी सभापती रेश्मीराज न्यौपानेको सभापतीत्वमा भएको कार्यक्रममा विद्यार्थिहरुलाई नेपाली कांग्रेसका प्रदेश प्रतिनीधी अमृत पाण्डेयले प्रशीक्षण दिनु भएको थियो । प्रदेश प्रतिनीधी पाण्डेयले नेपालमा जनतालाई भ्रमीत वनाउने गरी कम्युनीष्टहरुले उत्तेजनाको राजनीती गर्ने भएकाले सचेत हुनु विद्यार्थिलाई आग्रह गर्नु भयो । उहाले एमसीसी को विषयमा छरीएको भ्रमको वारेमा विद्यार्थिलाई प्रष्ट पार्नु भएको थियो । उहाले यो देशमा भएका परीवर्तनहरुका आन्दोलनमा नेपाली काग्रेसले नेतृत्व गरेको र विद्यार्थिले सुविधा पाउने विषयमा नेपाल विद्यार्थि संघले सधै आन्दोलन गरेर निष्कर्षमा पुर्याएकाले पनी नेविसंघमा आवद्ध हुनु आग्रह गर्नु भयो ।













