प्रजातान्त्रिक बिचार समाज नवलपरासीको दोस्रो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

चैत्र २५ गते
नवलपरासी । प्रजातान्त्रिक बिचार समाज नवलपरासीको दोस्रो साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सल्लाहकार सदस्य चिरञ्जीवी खनालले समाज मार्फत लोकतान्त्रको रक्षा गर्नु रहेको बताउदै उहाले लोकतान्त्र बिना समाजको बिकास गर्न नसकिने बताउनु भयो । व्यक्तिबादी प्रवृत्तिलाई निरुत्साहित गर्दै प्रजातान्त्रिक मुल्य, मान्यता र आचरणबाट मात्रै समाजको बिकास गर्न सकिनेमा जोड दिनु भयो । उहाले दलिय राजनीति भन्दा पनि विभिन्न पेशागत रुपमा कार्यरत रहनु भएका पेशा कर्मीहरुको बिचारले मात्रै लोकतान्त्रको सस्थागत बिकास गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघका जिल्ला कोषाध्यक्ष प्रकाश न्यौपाने, शिक्षक संघका जिल्ला सचिब भबिश्वर तिवारी, समाजका पुर्व अध्यक्ष नरेश खनाल र पुर्व सल्लाहकार श्याम न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको छ ।

सभामा अध्यक्ष रामबिलास पौडेलको प्रतिबेदन, सचिब डिक बहादुर पाण्डे क्षेत्रीको संगठनात्मक प्रतिबेदन र कोषाध्यक्ष शिवा रेग्मीको आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरेको छ । समाजका अध्यक्ष राम बिलास पौडेलको अध्यक्षम भएको कार्यक्रमको संचालन सचिब डिक बहादुर पाण्डे क्षेत्रीले गर्नु भएको छ ।