सुरेश परियार- नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा न.१२को वडा समितिले चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । आगामी स्थानीय तहमा काग्रेसको वर्चश्व कायम गर्न कांग्रेस वडा न.१२ले निर्वाचन परिचालनका लागि पार्टि कार्यालय पनि उद्धघाटन गरिसकेको छ । कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल र विस्तार गर्ने तर्फ बढि केन्द्रीत भएको काग्रेस बुटवल उपमहानगरपालिका वडा न.१२का वडा सभापति धर्मराज शर्माले जानकारी दिए ।
सोही क्रममा आज पनि वडामा कांग्रेस निकट तरुण निर्वाचन परिचालन समिति गठन गरिएको छ । विष्णु थापाको संयोजकत्वमा १०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । सो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि कांग्रेस पार्टिलाई सहयोगीको रुपमा अघि बढाउने बताइएको छ ।पार्टि कार्यालयमा भएको कार्यक्रम तरुण दल बुटवल १२का सभापति विष्णु थापाको अध्यक्षता,नेपाली कांग्रेस जेष्ठ नागरिक केन्द्रीय सदस्य उदयराज काफ्लेको प्रमुख आतिथ्यता तथा तरुण दल पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी जोशी,तरुण दल जिल्ला सचिब रमेश शाहीको विशिष्ट आतिथ्यता,तरुण दल क्षेत्रीय सभापति हसन्त लामा,कांग्रेस क्षेत्र न.५का सचिब प्रजापाल गिरि,महाधिबेशन प्रतिनिधी तथा बुटवल १२का वडा अध्यक्षका उम्मेद्धवार दिल्ली प्रसाद शर्मा,महिला संघकी मिना जि.सी,प्रदेश प्रतिनिधी रवि के.सी लगायतको आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जेष्ठ नागरिक केन्द्रीय सदस्य उदयराज काफ्लेले स्थानीय निर्वाचन नजिकिएकाले निर्वाचनका लागि तयार हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।जनताको दल कांग्रेस भएको दावी गर्दै कांग्रेसमय बनाउन कांग्रेस लागिपरेको समेत काफ्लले उल्लेख गरे ।पार्टीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔं अभियानलाई तीव्रता दिएको आचार्यले बताए । युवाहरु एकताबद्ध भएर लाग्न आग्रह गर्दै कांग्रेसलाई जिताउन हरपल सहयोग हुने उनले अपेक्षा समेत उनले राखे ।कांग्रेस पार्टिलाई चलायमान गराउने खम्बा तरुणदल भएको तरुणदल जिल्ला सचिब रमेश शाहीले बताएका छन् । तरुणबाटै पार्टिको जिम्मेवार पदमा जान सकिन भन्दै आगामी पालिकाको चुनावमा लाग्न आग्रह शाहीले गरे ।चुनावको बेला हुने भड्किलो र खर्चिलोपनलाई कम गर्ने कुरामा सचेत गराउँदै उम्मेद्धवारलाई मनपरि खर्चका लागी हैरान नकटाउन अपिल गरेका छन् ।
यस्तै,कार्यक्रममा कांग्रेस महाधिबेशन प्रतिनिधी तथा बुटवल १२का वडा अध्यक्षका उम्मेद्धवार दिल्ली प्रसाद शर्माले युवाहरुको साथले आगामी चुनावमा बुटवल जित्ने दाबी गरेका छन् । शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने अपेक्षा लिदैँ शर्माले कांग्र्रेसको वर्चश्व कायम गर्न सवै लाग्नलाई अपिल गरे ।तरुण निर्वाचन परिचालन समिति बुटवल १२का संयोजक विष्णु थापाले बोल्दै आगामी निर्वाचनमा कांग्रेसको ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई तीव्रता दिने बताए ।साथै निर्वाचनको बेला हुने गलत क्रियालापकोविरुद्धमा उत्रिने बताउँदै थापाले शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने थापाले उल्लेख गरे । कार्यक्रममा तरुण वडा उपाध्यक्ष गणेश सुवेदीको स्वागत तथा सचिब गणेश आचार्यको सञ्चालनामा भएको थियो ।












