मानव अधिकार तथा शान्ति समाज ललितपुर कार्य समितिद्धारा धर्ना कार्यक्रम सम्पन्न ।

प्रकाशित मिति:

सुरेश छन्त्याल- काठमाडौं- मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा ललितपुर कार्य समितिद्धारा जावलाखेल, ललितपुरमा शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न भएको छ ।मानव अधिकार तथा शान्ति समाज , ललितपुर शाखा कार्य समितिले रुस- युक्रेन युद्धको समाप्तिको लागी  युद्ध निषेध-शान्ति विशेष  भन्ने आह्वान र नारा सहित युद्धको विरोध र शान्तिको पक्षमा शान्तिपूर्ण प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

रुस-युक्रेनबिच भईरहेको युद्ध समाप्त गरेर मानवियता र मानव सभ्यता रक्षा गर्न आयोजकले अपिल गरेको छ ।शाखा सभापति सन्जोग चाम्लिङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका केन्द्रीय महासचिव रामकृष्ण बराल प्रमुख वक्ता रहनु भएको थियो । कार्यक्रममा काठमाडौ शाखा सभापति भगवान पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणि बन्जरा, केन्द्रीय विभागिय संयोजक बलबहादुर गाहा मगर र अन्य अभियानकर्मीहरूको सहभागीता रहेको थियो।

थप समाचार