देशैभर तालमेल गरी आपसी सहकार्य गर्न पाँच दलीय गठबन्धनको निर्देशन

प्रकाशित मिति:

काठमाडौं, चैत २८ – सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशैभर तालमेल गर्न निर्देशन दिएको छ।सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न कार्यकर्ताहरुलाई आह्वान गरेको हो।

बैठकपछि संयुक्त अपिल जारी गर्दै गठबन्धनका शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनकै विरुद्ध अझै षड्यन्त्र गरिरहेको बताएका छन्। संसदमाथि निरन्तर प्रहार, अदालतमा खेलवाड, संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पार्ने उल्लेख छ। परिवर्तनविरोध र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको दोहोर्याएका छन्। गठबन्धनले लोकतन्त्र, लोकतन्त्रको मुल्यमा आधारित समाजवादको रक्षा गर्दै राष्ट्रको स्वाधीनता, जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाहरुको कठिानाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाच्नमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौं,’ गठबन्धनले जारी गरेको अपिलमा भनिएको छ।

बैठकले समाजमा समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै राष्ट्रको सर्वाङ्गिण र अग्रगामी बिकास र समृद्धि हासिल गर्ने प्रतिवद्धता व्यक्त गरको छ। त्यसका लागि हिजोका मतभेदलाई पन्छाउँदलै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण समेत पाँच दलले गरेको छ।

थप समाचार