बुटवलको मेयरमा एमालेले गर्‍यो ८ जना सिफारिस

प्रकाशित मिति:

काठमाडौं, चैत २९ – नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।एमाले उपमहानगर कमिटीको बैठकले नगर प्रमुखको उम्मेदवारका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य सहित ८ जनाको नाम सिफारिस हो ।

मेयरमा सिफारिस गरिएकाहरुमध्ये सुवेदी, आचार्य र सावित्रा अर्याल केन्द्रीय सदस्य हुन् । यस्तै गोपाल राना, बाबुराम भट्टराई, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै उपमेयरका लागि ज्ञानु केसी, खेम लुइटेल, मधुकला कुँवर र कल्पना थापाको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताए ।