कपिलबस्तु, २ बैशाख । महाराजगंज नगरपालिकामा रहेको ईट्टा भट्टाका मजदुरका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग प्रदान गरिएको छ । महाराजगंज २ स्थित गैडहवामा रहेको ज्योति ईट्टा उद्योगमा काम गर्ने श्रमिकका १८ जना बालबालिकालाई मंगलबार एक कार्यक्रमका बीच शैक्षिक समाग्री वितरण गरिएको हो । घर–घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको समन्वय तथा जिएफआई र अम्रेला अस्ट्रेलियानको आर्थिक सहयोगमा विद्यालय जाने बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । बालबालिकालाई शैक्षिक सामाग्रीमा कापी, पेन्सील, इलेजर, कटर, बिद्यालय पोशाक, झोला लगायतको शैक्षिक सामाग्री सहयोग गरेको संस्थाका फिल्ड अधिकृत कमल चौधरीले जानकारी दिनुभयो । उहाँले बेटर व्रिक नेपाल परियोजना मार्फत ईट्टा उद्योगको रुपन्तरणको लागि आफुहरुले निरन्तर कार्यक्रम गर्दै आएको बताउँदै बालबालिकाहरुको शिक्षा, मजदुरहरुको न्यूनतम ज्याला, स्वस्थ्य, सरसफाई तथा सुरक्षाको विषयमा आफुहरुले निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै महाराजगंज नगर उप–प्रमुख शुभवती कुर्मीले संस्थाले अत्यन्तै उत्कृष्ट कार्य गर्दै आएको बताउँनुभयो । उहाँले कोही पनि बाल बालबालिका शिक्षाबाट बञ्चित हुनुहुदैन भन्दै नगरपालिकाले पनि संस्थाले गर्दै आएको काममा सधै नै साथ र सहयोग हुने प्रतिवद्धता गर्नुभयो । त्यस्तै ज्योति ईट्टा उद्योगका व्यवस्थापक रामकृष्ण चौधरीले ब्रेटर व्रिक नेपाल परियोजना मार्फत ईट्टा उद्योगको रुपन्तरण गर्न धेरै सहयोग मिलेको बताउँनुभयो । उहाँले परियोजनाले प्रत्येक्ष रुपमा शिक्षामा जोड दिदै बालबालिकालाई विद्यालय भर्ना र शैक्षिक सामाग्री सहयोग गर्नु अत्यन्तै राम्रो कार्य रहेको बताउँनुभयो । हामीले परियोजना मार्फत शैक्षिक सामाग्री वितरण गर्न पाउँद निकै खुःसी लागेको प्रतिक्रिया समेत दिनुभयो । त्यस्तै ज्योती ईट्टा उद्योगका श्रमिक सकिना दर्जिले खुशि व्यक्त गर्दै आफुले पढ्न नपाएर मजदुरीमा रहेको भए पनि नानिबाबुहरुलाई नियमित बिद्यालय पठाएर सम्मानित पदमा पुगेको देख्ने चाहना रहेको बताएका थिए ।
त्यस्तै कैलाली जिल्ला निवासी कामको शिलसिलमा ज्योति ईट्टा उद्योगमा आएका रिता चौधरीले छोरी सिरिया चौधरीले शैक्षिक सामाग्री सहयोग पाउँद निकै खुशिहुँदै छोरीलाई नियमित विद्यालय पठाउँने प्रतिक्रिया दिनुभयो । ज्योति ईट्टा उद्योगका संचालक रामअचार चौधरीको अध्यक्षतामा तथा महाराजगंज नगरपालिकाका उप–प्रमुख शुभवती कुर्मीकोे प्रमुख आतिथ्य, व्यवस्थापक राम कृष्ण चौधरी, संस्थाका फइनेन्स अधिकृत निर्मल कुवँर लगायतको उपस्थितिमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरिएको थियो










