समाचार संकलनका क्रममा रहेका संचारकर्मीमाथि बुटवलमा प्रहरीद्वारा दुर्व्यवहार

प्रकाशित मिति:

बुटवल । समाचार संकलनको क्रममा रहेका खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य, सम्पादक दिनेश श्रेष्ठ र ग्लोबल आवाज डट कमका समाचार प्रमुख डीबी सुस्लिङलाई बुटवलमा प्रहरीले दुर्व्यवहार गरेको छ ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले संचारकर्मीत्रयमाथि दुर्व्यवहार गरेका हुन् ।

अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्धसम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।प्रदर्शनमा उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगरबाट इप्रका बुटवल पुगेर नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरील प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो ।

बुधबार राति माइतीघर जानकीनगरमा रहेकी अमृतालाई पटकपटक फोन गरी घरमा बोलाएको एक घण्टा नवित्दै उनको मृत्यु भएको माइती पक्षले दाबी गरेको छ । प्रदर्शनकारीले अमृताको हत्या भएको दाबी गर्दै त्यसमा उनको श्रीमान मात्र नभएर घरका अन्य परिवार पनि रहेको दाबी गरेका छन् ।

 

थप समाचार