तम्घास । नेकपा गुल्मीले जनयुद्धका महान सहिद मनोजका बुवा नरबहादुर तरामु मगरको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।पार्टी जिल्ला सेक्रेटरी सुमनले आइतबार शोक वक्तव्य जारी गर्दै तरामु मगरको निधनले पार्टीलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । उनले वक्तव्यमा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । वक्तव्यमा सेक्रेटरी सुमनले बुवा नरबहादुरले जनयुद्धकालदेखि एकीकृत जनक्रान्तिसम्म पार्टी र क्रान्तिलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्दै आउनुभएको बताउदै महान सहिद क. मनोज र दिवंगतआदरणीय बुवा नरबहादुर तरामुको सपना पुरा गर्ने प्रतिबद्धता गरेका छन् ।

वक्तव्यमाभनिएको छ, “आदरणीय बुवा नरबहादुर तरामु मगरप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथाशोकसन्तप्त परिवारजनप्रतिगहिरो समवेदनाव्यक्तगर्दछौं । हाम्रो पार्टी महान सहिद क. मनोज र दिवंगतआदरणीय बुवा नरबहादुर तरामुको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्तगर्दछ ।”सत्यवतीगाउँपालिका वडा नंं २ चेहेमीमा स्थायीबसोबास गर्दै आएकानरबहादुरको ६७बर्षको उमेरमाआइतबार दिउँसो ३ बजे घरमै निधनभएको हो । लामो समयदेखि क्यान्सर रोगविरुद्ध उपचार गराइरहनुभएका तरामु मगरको जेठा छोरा मनबहादुर तरामु मगर ‘मनोज’को २०६० बैशाख २८ गते ठूलो लुम्पेकको सत्यवतीमातत्कालीनशाही सेनाले घेरा हालेर हत्या गरेको थियो । बुवा नरबहादुरको सोमबार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ ।












