नेकपा गुल्मीको बैठक, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल

प्रकाशित मिति:

 तम्घास । नेकपा गुल्मीको प्रथम पूर्ण बैठक जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । बैठकले स्थानीय चुनावमा भ्रष्ट, दलाल र एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न जनतालाई अपिल गर्ने निर्णय गरेको छ ।बैठकले दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गर्दैस्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको शसक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी सुमनले बताउनुभयो ।

उहाँले जिल्लामा शिवगढीमा बसेको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको बताउँदैजिल्लामा भएको महंगी, कालाबजारी, दलाल, तस्कर, सामाजिक अपराधी रलघुवित्त संस्थाको ज्यादतीविरुद्ध शसक्त जनकारवाही चलाउनेबताउनुभयो ।बैठकले एमसीसी विरोधी देशभक्त, प्रगतिशील र जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न जनतालाई अपील गर्ने र जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षको व्यापक प्रचार गर्ने निर्णय समेत गरेको छ ।बैठकले जनयुद्धमा सहादत प्राप्त गर्ने मनोजका वुवा सत्यवती गाउँपालिका वडा नं. २ चेहेमीस्थित नरबहादुर तरामुको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।