कपिलवस्तुस्थित समसेर दल गणभित्र गोली चल्यो, एक जना घाइते

प्रकाशित मिति:

कपिलवस्तु– कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र गोली चल्दा एक जना घाइते भएका छन् ।गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन् । बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ ।