असुरक्षित यात्रा, ज्यानमारा सडक- स्याङ्जामा दुर्घट्नाले ५६ जनाको ज्यान गयो

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल .स्याङ्जा । नयाँ बर्ष शुरु भएकै पहिलो साता स्याङ्जामा सडक दुर्घट्ना भएको छ । सडक दुर्घट्नामा एकै गाँउका ६ जनाले ज्यान गुमाए । जिप चढेको ५ मिनेटमै भएको जिप दुर्घट्नामा चालक सहित केही यात्रु घाईते भए भने आमाछोरा सहित ६ जनाले ज्यान गुमाए । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ आउदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना भएको थियो । जिप दुर्घट्नामा परेर निधन भएपछि अहिले सिङ्गो गाँउ शोकमा डुबेको छ । यसरी हरेक बर्ष सडक दुर्घट्नाबाट नागरिकले ज्यान गुमाइरहदा यसको थप अनुसन्धान अनि न्युनीकरणमा सरकारले खासै ध्यान दिएको पाईदैन ।

सिङ्गो गाँउलाई शोकमा डुबाउने गरी भएको दुर्घट्ना पनि सडक र सवारी साधनकै कमजोरीका कारण भएको अनुमान प्रहरीले लगाएको छ । चालक नै घाईते भएकाले यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चार आर्थिक बर्षको सडक दुर्घट्नाको तथ्याङक हेर्दा स्याङ्जाको अवस्था डरलाग्दो देखिन्छ । त्यसमा पनि सबै भन्दा बढी दुर्घट्ना ग्रामिण क्षेत्रमा भएको देखिन्छ । संघिय संरचना पछि बनेका तिनतहका सरकारहरु सबै भन्दा बढी सडकको विकासलाई प्रथामिकता दिएको देखिन्छ । विकास निर्माणमा नागरिकको रोजाई सडक पहिलो बनेको कारण पनि तिनतहका सरकारहरु बजेट बिनियोजन गर्न बाध्य देखिन्छन् । बनेका सडकको स्तरोन्नती भन्दा पनि घर—घर सम्म पुग्ने सडक बनाएपछि नागरिक खुशी हुने भएपछि जनप्रतिनिधिहरुको ध्यान पनि सडके विकासमा बढी जोड हुने गर्छ । विकासका पुर्वाधार मध्ये नागरिकलाई अति आवश्यक पर्ने सडक हो । तर बिना इन्जिनियरीङ प्लानले निमाण गरिएका सडकहरु अहिले नागरिकको ज्यानमारा बन्न थालेका छन् ।

स्याङ्जामा हरेक महिनाजसो हुने सडक दुर्घट्ना ग्रामिण क्षेत्र नै देखिन्छ । चार आर्थिक बर्षको तथ्याङ्क हेर्दा दुर्घट्ना संख्या र नागरिकको मृत्यूको संख्या झण्डै बराबरी देखिन्छ । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार तिन आर्थिक बर्षमा ५६ जना नागरिकले सवारी दुर्घट्नामा ज्यान गुमाएका छन् । आर्थिक बर्ष २०७५÷०७६ मा १७, आ.व. ०७६÷०७७ मा १८, आ.व. ०७७÷०७८ मा १९ र आ.व. ०७८÷०७९ बैशाख ६ गते सम्म २२ जना नागरिकले सडक दुर्घट्नामा ज्यान गुमाएको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय स्याङ्जा सगँ रहेको छ । सो अवधीमा सख्त घाईते ४० र साधरण घाईते १ सय ७ जना रहेका छन् ।दुर्घट्नामा चालक, सवारीसाधन र बिना प्लान इन्जिनियरीङ् प्लानबाट बनेका सडक बढी कारक देखिएको प्रहरीको अनुसन्धानबाट देखिन्छ । दुर्घट्ना न्युनिकरणका लागि बेला बेलामा ट्राफिक प्रहरीले सडक सचेतना, चालकलाई प्रशिक्षण लगायतका कार्यक्रम गरेपनि प्रभावकारी देखिएन । व्यवहारीक कठिनाई र यात्रुमा अज्ञानताका कारण पनि दुर्घट्ना हुने गरेको जिल्ला ट्राफिक प्रमुख मिनबहादुर कुँवरले बताए । प्रहरीको आँखा छल्न पाए क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको देखिन्छ कुँवले भने,‘कम जनशक्तिका बिच पनि ट्राफिक प्रहरीले यसलाई रोक्न हरदम प्रयास गरेका छौं ।’ चालकको लापरवाहि, यात्रुको व्यवहारीक कठिनाईले केही समस्या बनाएको छ उनले भने । राजमार्गमा भन्दा बढी ग्रामिण क्षेत्रमा दुर्घट्ना हुन थालेपछि ट्राफिक प्रहरीले बिशेष रणनीतिक योजना बनाएर अगाडी बढ्ने जनाएको छ । पुराना सवारी साधन, मर्मतमा खासै चासो नदिने भएकाले दुर्घट्नाको शिकार बन्न पुगेको बुझाई ट्राफिक प्रहरीको छ । अब स्याङ्जामा सवारी साधनको यान्त्रीक अवस्थाको निरिक्षण गर्ने तयारीमा लागेको ट्राफिक प्रमुख कुँवरले बताए ।

सुरक्षित यात्रा र सुरक्षित सडक बनाउन बिशेष योजना बनाउनु पर्ने विज्ञहरुको भनाई । तिनैतहका सरकारका प्रतिनिधिहरुले यसबारेमा बेलैमा नसोच्ने हो भने गाउले सडकले धेरै नागरिकको ज्यान लिने उनीहरुको भनाई छ । यस बारे वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले ग्रामिण सडकमा सबै भन्दा बढी जिम्मेवार स्थानीय सरकार बन्नु आवश्यक देखिएको बताईन् । जनताको आवश्यकतालाई मध्यनजर पनि गर्नुपर्छ अनि सुरक्षित सडकको मापदण्ड पनि तयार हुनुपर्छ उपप्रमुख तिवारीले भनिन्,‘नागरिकले माग गर्ने वित्तिकै बजेट छुट्टाउनु बाध्यात्मक परिस्थिती छ ।’ अबका स्थानीय सरकारका प्रतिनिधिले नागरिक सुरक्षित हुने सडकको मापदण्ड तयार गरेर मात्रै बजेट बिनियोज गर्नु आवश्यक छ उनले भनिन् । सगँसगै सवारी साधन, चालक र यात्रुहरुलाई पनि सचेत गराउन सकेमात्रै ग्रामिण सडकबाट नागरिकले ज्यान गुमाउन केही सहजता हुने तिवारीको भनाई छ । सबै कमजोरीका कारण सिर्सेकोटका नागरिकले ज्यान गुमाउन बाध्य भए यसमा नगरपालिका अत्यन्तै दुखि छ उनले भनिन् ।

थप समाचार