पल्हिनन्दन गाउँपालिकाकी उपप्रमुख माओवादी केन्द्रमा प्रवेश

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख ९
नवलपरासी ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाकि उपाध्यक्ष पावित्री कोहाँर नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । गत चुनावमा नेपाली काग्रेसबाट निर्वाचित कोहाँरलाई आज पाल्हीन्दनमा आयोजित एक कार्यक्रमका बिच माओवादी केन्द्रमा स्वागत गरिएको छ जिल्ला इन्चार्ज घनश्याम यादवले जानकारी दिनु भयो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज घनश्याम यादव, जिल्ला अध्यक्ष भबिश्वर तिवारी, पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपक लगाएतले कोहारलाई माओवादीमा प्रवेश गराउनुभएको छ । माओवादीले कोहाँरलाई फेरि पनि पाल्हीनन्दनमा उपाध्यक्षको उम्मेद्धार बनाउने तयारी गरेको छ । पाल्हीनन्दनमा अध्यक्षमा पुन वर्तमान अध्यक्ष गुप्ता चुनाव लड्दैछन् ।

फेरि उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएकी कोहाँरलाई कांग्रेसले टिकटका लागि सिफारिस नगरेपछि माओवादी केन्द्रमा प्रवेश गरेको बताईएको छ । कांग्रेसले उपाध्यक्ष पदको उमेदवारमा २ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा आफ्नो नाम नपरेको भन्दै कोहाँरले असन्तुष्टी जनाउनुभएको स्रोतले जनाएको छ । पाल्हीन्दनका लागी काग्रेसले अध्यक्षको उमेदवारमा १ जना र उपाध्यक्षमा कोहाँरबाहेक २ जनाको नाम सिफारिस गरिएको छ । जनताले मन पराए पनि कांग्रेसले सिफारिस नगरेपछि उपाध्यक्षमा उमेदवार बनाउने सहमतिमा माओवादी केन्द्रमा प्रवेश गरेको कोहारले बताउनुभयो ।