काठमाडौं, बैशाख ९ – अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन्। अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले शुक्रबार विवाह गरेकी हुन। काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा उनले विवाह गरेकी हुन् ।
विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको थियो। विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको थियो। वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए। आशिष अमेरिकामा इन्जिनियर छन्। एक महिनाअघि मात्रै अमेरिका पुगेर फर्केकी वर्षाले त्यहाँबाट आएपछि विवाह गरेकी हुन्।












