नेकपा रूपन्देहीद्वारा लेनिन जयन्ती एवं पार्टी स्थापना दिवसको अवसरमा बिदाई तथा सम्मान
बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको सन्दर्भमा खोमा तरामुलाई बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले तरामु मगरलाई गुल्मीको सेक्रेटरीको जिम्मा दिएपछि रुपन्देहीले एक कार्यक्रमको आयोजना गरी सम्मान सहित बिदाई गरेको हो । बिदाई कार्यक्रमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले लामो समयदेखि खोमा तरामुले पार्टी निर्माण र रुपन्देहीको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले संकटका बेलामा पनि पार्टीको विभिन्न जिम्मा लिएर महत्वपूर्ण भुमिका निर्वाह गरेको र उहाँको काम क्षमता र तिव्रतामा भएको वैचारिक विकास र सबै कुरामा मध्यनजर गर्दैै केन्द्रीय समितिको १२ औं बैठकले उहाँलाई गुल्मीको सेक्रेटरीमा महत्वपूर्ण निर्णय गरेको बताउनुभयो ।
उहाँले निर्णय पश्चात गुल्मीमा नयाँ तरङ्ग पैदा भएको र सकरात्मक हिसाबले पार्टीभित्रका कार्यकर्ता र पार्टीलाई माया गर्ने जनतामा एउटा महत्वपूर्ण अभिभावक पायौं भन्ने सन्देश गएको र प्रतिक्रियावादी कित्तामा भुकम्प गएको बताउनुभयो । उहाँले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने र राता मान्छेहरुको सपनालाई विपनामा बदल्ने कुरामा विश्वस्त रहेको बताउँदै कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी विश्वासले बिदाइ कार्यक्रम आफैमा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले बावुराम प्रचण्डले धुलोमा फालेको झण्डालाई उठाएर लिएर एकीकृत जनक्रान्तिको यात्रामा लामबद्ध हुँदै गर्दा खोमा तरामुसँग सहकार्य भएको बताउनुभयो । उहाँले हिजो सहकार्यमा सँगै भएको र अबको समयमा टाढा रहेपनि वर्गसङ्घर्षलाई अगाडी बढाउने सिलसिलामा सँगै रहेको बताउनुभयो ।
ाभ्रष्ट दलालहरुको अगाडी भाावनालाईृ विचार र आक्रोसमा बदल्दै विचारले सधै सँगै हुदै पार्टी केन्द्रको योजनालाई अगाडी बढाउने र पार्टीको कार्यदिशालाई अगाडी बढाउने क्रममा सधै सँगै हुने बताउनुभयो । सम्मान पत्र ग्रहण गर्दै गुल्मी सेक्रेटरी खोमा तरामु मगरले बिदाइ तथा सम्मान कार्यक्रममा पार्टीको जिम्मेवारी दिने केन्द्रीय कार्यालय, केन्द्रीय समितिलगायत सम्पूर्ण पार्टी पंक्तिप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सम्मान कार्यक्रममा बुटवल÷तिलोत्तमा नगर इन्चार्ज विरेन्द्रले खोमा तरामुसँग २०७५ सालदेखि सहकार्य हुँदै आएको र सहयोद्वा भएपनि उहाँसँग धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले जो जता जुनसुकै भुगोलमा रहेपनि पार्टी क्रान्तिलाइ अगाडी बढाउने सन्दर्भमा सधै वैचारिक रुपमा सँगै हुने बताउँदै कार्यसफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
बिदाइ कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अखिल नेपाल जनसांस्कृतिक महासंघकी जिल्ला अध्यक्ष बिहानी मगरले भौतिक शरिर भौगोलिक रुपमा टाढा रहेपनि विचारले क्रान्तिको यात्रामा सधैसँगै सहयात्रा गर्ने बताउँदै निरन्तर कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । शुभकामना मन्तव्य राख्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य इन्दु वलीले पार्टी क्रान्ति र पार्टीको योजना कार्यान्वयन गर्ने सिलसिलामा सहकार्य हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला सेक्रेटरी विश्वासको अध्यक्षता र सैनामैना नगर सेक्रेटरी वर्षाको सञ्चालनमा भएको थियो












