यी हुन् संसारकै अग्ली महिला, जसको नाममा छन् ३ विश्व रेकर्ड

प्रकाशित मिति:

संसारमा जति पनि मानिसहरू छन् सबै फरक-फरक छन् । सबै मानिसको शरीरको बनावटसँगै अन्य कुराहरू पनि फरक हुन्छन् ।कोही मानिस मोटो त कोही दुब्लो हुन्छन् । कोही अग्लो त कोही होचो हुन्छन् । कसैको दिमाग तेज हुन्छ त कोही अन्य कुरामा चतुर हुन्छन् ।

रुमेसा गेल्गी नामकी महिला संसारकै सबैभन्दा अग्ली महिला हुन् । गेल्गीले संसारकै अग्ली महिलाको रुपमा विश्व कीर्तिमान त कायम गरेकै छिन् उनीले अरु विभिन्न चार विधामा समेत गिनिज बुकमा नाम लेखाएकी छिन् । जसका कारण उनको नाममा अहिले पाँच वटा विश्व कीर्तिमान बनेका छन् । टर्किस नागरिक रुमेसा गेल्गीको उचाइ ७ फिट ०:७ इन्च छ । उनी संसारकी सबैभनदा लामा हात भएकी महिला पनि हुन् । उनको दायाँ हातको लम्बाइ २४:९३ सेमी छ भने बायाँ हातको लम्बाइ २४:२६ सेमी छ ।

उनको दोस्रो कीर्तिमान पनि हातकै नाममा छ । उनी सबैभन्दा लामो हातका औंला भएकी महिला हुन् । उनको सबैभन्दा लामो औंला ११:२० सेमी छ ।उनी सबैभन्दा लामो पिठ्युँ भएकी महिला पनि हुन् । उनको पिठ्युँको लम्बाई ५९:९० सेन्टिमिटर छ ।विभर सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत समस्याका कारण उनको शरीर यतिविघ्न ठूलो भएको हो ।स्मरण रहोस् संसारकी सबैभन्दा होची महिलाको कीर्तिमानचाहिं भारतकी ज्योति आमगेको नाममा छ । एजेन्सी