बर्दघाट नगरपालिकाका मेयर सहित ७ जना वडा अध्यक्षले दिए राजीनामा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख १० गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालसहित ७ जना वडा अध्यक्षहरुले पदबाट राजिनामा गर्नु भएको छ ।
शुक्रवार सम्मको राजिनामा दिनेहरुमा नगर प्रमुख धिरज शर्मा बस्याल सहित वडा नम्वर ६,७,८,९,१० ,११ र १३ नम्वरका वडाध्यक्षहरु रहेको प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले जानकारी दिनुभएको छ ।
उहांका अनुसार आईतवार सम्म अझै अन्य जनप्रतिनिधिहरुले पनि राजिनामा दिने तयारीमा रहेको बुझिएको छ । नगर प्रमुख बस्यालले आफुले प्रयोग गर्दै आएको नगरको गाडीको चाँपी र एक थान ल्यापटप प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायलाई शुक्रबार नै बुझाउनु भएको छ ।