जनमत पार्टीको टिकट वितरण अन्तिम चरणमा

प्रकाशित मिति:

रुपन्देहीका १३ पालिका प्रमुख र उपप्रमुखलाई टिकट वितरण , दुई दर्जन बढि वडाहरुलाई टिकट बाड्न बाँकी

बुटवल , १० बैशाख ।-डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बैशाख ३०मा हुने आगामी स्थानिय तहको निर्वाचनका लागि टिकट वितरण कार्यलाई तिव्रताका साथ अगाडी बढाएको छ । रुपन्देही जिल्लाका १३ पालिकामा उम्मेदवारी उठाउने रणनितिका साथ अगाडी बढेको जनमत पार्टीले सबै पालिकाका प्रमुख र उप प्रमुखमा उम्मेद्वार टुंगो लगाएर टिकट समेत वितरण गरिसकेको छ । बुधबार देखी रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयबाट सुरु गरिएको टिकट कार्यक्रमलाई शनिवार पनि निरन्तरता दिइएको छ ।

जनमत पार्टी रुपन्देहीका अनुसार रुपन्देहीका १३ पालिकाका सबै प्रमुख र उपप्रमुखलाई टिकट वितरण गरिसकिएको छ भने ८३ वटा वडाहरु मध्य एक दर्जन बढि वडाहरुमा मात्र टिकट वितरण गर्न बाँकी रहेको छ । जनमत पार्टीका केन्द्रीय सचिब भोपेन्द्र प्रसाद यादवका अनुसार रुपन्देहीको मर्चवारी गाउँपालिकामा अध्यक्षका लागि मुरलीध कुर्मी र उपाध्यक्षका लागि कुमारी पुजा यादवलाई टिकट वितरण गरिएको छ । यस्तै , सम्मरीमाई गाउँपालिकामा अध्यक्षमा राम रत्न केवट र उपाध्यक्षमा मिना देवी लोध कोटहीमाई गाउँपालिकामा अध्यक्षमा सन्तोष यादव र उपाध्यक्षमा समिना खातुन , गैडहवा गाउँपालिकामा अध्यक्षमा रामदेव यादव र उपाध्यक्षमा नर्वदा लोध , ओमसतिया गाउँपालिकामा अध्यक्षमा शिवचरण केवट र उपाध्यक्षमा मिना चौधरी (थारु), मायादेवी गाउँपालिकामा अध्यक्षमा राम विष्णु प्रसाद लोध र उपाध्यक्षमा गुन्जा बरई, शुद्धोधन गाउँपालिकामा अध्यक्षमा सन्तोष चौधरी, सियारी गाउँपालिका अध्यक्षमा निवार प्रसाद माली , रोहिणी गाउँपालिकामा अध्यक्षमा विष्णु कुर्मी र उपाध्यक्ष्मा रिना हरिजनले टिकट पाएका छन् ।

यस्तै , तिलोत्तमा नगरपालिकामा जनमत पार्टीको तर्फबाट नगर प्रमुखमा राजेन्द्र थारु र उपप्रमुखमा पर्वती थारु , लुम्बिनी सांस्कृतिक नगरपालिकामा नगर प्रमुखमा चन्द्र केश गुप्ता (सीके गुप्ता) र उप प्रमुखमा सिन्ध्या लोध , सिद्धार्थनगर नगरपालिकामा देवदह नगरपालिकामा नगरप्रमुखमा सतई मल्लाह र उप प्रमुखमा पुनम तेली गुप्ताले टिकट पाउनु भएको जनमत पार्टी जिल्ला कार्यसमिति रुपन्देहीले जनाएको छ । रुपन्देहीका सवै पालिकाको उम्मेदारहरुको टुंगो लागि सकेको भएपनि भिडभाडले गर्दा वितरणमा ढिला भएको जनमत पार्टीका जिल्ला अध्यक्ष राम विष्णु प्रसाद लोधले जनाकारी दिनुभयो । उहाँले उम्मेदवार मनोनयको दिन सम्म सवै वडा सदस्य देखी पालिका प्रमुख उपप्रमुखहरु टुंगो लागि सक्ने दावि गर्नुभयो ।

यस्तै,जनमत पार्टीले भैरहवाबाटै नवलपरासी र कपिलवस्तु जिल्लाका पालिकाहरुको पनि टिकट वितरण गरेको छ । रुपन्देही , कपिलवस्तु र नवलपरासी गरी तिन जिल्लाका स्थानिय तहका उम्मेदवारलाई टिकट वितरणको जिम्मा पाएकोमा रुपन्देहीका अधिकांश पालिकाहरुको टिकट वितरण भैसकेको जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता बताउनु हुन्छ । उहाँले कपिलबस्तु र नवलपरासीका स्थानिय तहहरुलाई टिकट वितरणलाई तिव्रता दिएको र आईतवार सम्म टिकट वितरणलाई सम्पन्न गरि निवार्चनमा अत्याधिक स्थानमा विजय गर्नेगरी अगाडी बढेको समेत बताउनु भयो । पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवारहरुले जिल्लाका अधिकांश पालिकामा जित हासिल गर्ने दावि गर्नुभयो । उहाँले पुराना पार्टिले जनताको पक्षमा काम नगरेकाले र जनमत पार्टिले मात्र जनताको पक्षमा काम गर्ने हुँदा यस पटक जनमत पार्टीलाई भारी मतले विजय गराउने दावि गर्नुभयो ।