काँग्रेसले बनायो टिकट वितरणका लागि संसदीय समिति

प्रकाशित मिति:

काठमाडौं, वैशाख ११ । नेपाली काँग्रेसले चुनावमा टिकट वितरणका लागि संसदीय समिति गठन गरेको छ ।आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो ।

काँग्रेस विधानमा २५ जनाको संसदीय समिति हुने व्यवस्था गरेपनि हाललाई पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको हो । बाँकी सदस्य पछि थपिने कांग्रेसले जनाएको छ ।