पश्चिम नवलपरासीमा एमालेले टुंगो लागायो उम्मेदवार

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख ११ गते
नवलपरासी । पश्चिम नवलपरासीमा नेकपा एमालेले ७ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ।
बर्दघाट नगरपालिकामा राष्ट्रिय जनमुक्तिसँग तालमेल गरेर उम्मेदवार टुंगाएको छ। बर्दघाट नगरपालिकाको प्रमुखमा धीरज शर्मा बस्याललाई उम्मेदवार बनाइएको छ।प्रमुख पदका उम्मेदवार बस्याल दोहोरिएका हुन् । उपमेयरमा राष्ट्रिय जनमुक्तिबाट तारा रानालाई उठाइएको छ। राष्ट्रिय जनमुक्तिले सूर्य चिन्ह लिएर चुनाव लड्ने एमालेले जनाएको छ।

सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल र उपप्रमुखमा सूर्य दुबे छन्। त्यहाँ यसअघि जितेका उपमेयरको ठाउँमा दुबेलाई ल्याइएको हो। प्रमुख पदकी उमेदवार अर्याल यसअघि नेपाली कांग्रेससँग पराजित भएकी हुन्।

रामग्राम नगरपालिकाको प्रमुखमा धनपद यादव र उपप्रमुखमा लक्ष्मी क्षेत्री उम्मेदवार छन्। सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बासमती हरिजन छन्। सुस्ता गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे छन्। सुस्ता गाउँपालिकाको उपाध्यक्षमा इन्द्रकुमारी थरुनी छन्। अध्यक्ष र उपाध्यक्ष दुवै दोहोरिएका हुन्।

पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अफताब आलम अंसारी र उपाध्यक्षमा रिंगला यादव छन्। प्रतापपुर गाउँपालिकाको अध्यक्षमा खेमनारायण चौधरी र उपाध्यक्षमा थमसरा न्यौपाने (कमला)लाई उमेदवार बनाइएको पार्टी जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनु भयो ।