गठबन्धनका तर्फबाट बुटवलको मेयरमा काँग्रेसका पाण्डेले गराए उम्मेदवारी दर्ता

प्रकाशित मिति:

बुटवल,बैशाख १२ । पाँच दलिय गठबन्धनबाट बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । दिउँसो १ बजे नगरपालिकाको कार्यालयमा स्थापना गरीएको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले मनोनयन दर्ता गराएका हुन । बुटवलमा काँग्रेसको मेयर सहित १६ वटा वडाको अध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ता गराएपछि पाण्डेले बुटवललाइ देशकै सवल र सक्षम आर्थिक केन्द्र सहितको नमुना शहर बनाउने प्रतिवद्धता जनाए । बुटवलको सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासीको समस्यालाइ स्थायी रुपमै समाधान गर्ने,बुटवलको सिक्स लेन सडक निर्माण समयमै सम्पन्न गर्न नगरको तर्फबाट माथिल्लो तहमा ठोस पहल गर्ने,खानेपानी ढल निकास,सडक, शिक्षा,स्वास्थ्यको क्षेत्रमा प्रभावकारी कार्ययोजना सहित अगाडी बढने उनले बताए । गठबन्धनका तर्फबाट उपमेयर नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी नेकपा एमालेका तर्फबाट बुटवलको मेयरका लागि बाबुराम भट्टराइलाइले उम्मेदवारी दर्ता गरेका छन् ।

को हुन पाण्डे-मेयरका उम्मेदवार पाण्डे नेपाली काँग्रेसको नगरसभापतीको रुपमा तीन कार्यकाल नेतृत्व गरीसकेका छन । यसअघिको स्थानीय निर्वाचनमा पनि उनी मेयरको उम्मेदवार थिए । काँग्रेस भित्र मात्रै होइन बुटवल बासी माझ नै उनी सरल र सहज स्वभावका नेताको रुपमा परिचित छन । सादा र सहज स्वभावका कारण उनी पार्टी भित्र र बाहिर पनि लोकप्रिय मानिन्छन । २०२६ साल फागुनमा स्याङ्गजाको कालिण्डकी २ मा जन्मीएका पाण्डेले पछिल्लो तीन दशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन । २०३९ सालमा स्याङ्गजाकै आदर्श मावि स्याङजामा नेपाल बिद्यार्थी संघको सदस्य भए पछि उनको राजनीतिक यात्रा सूरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव,२०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रिय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति भएका थिए । गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली काँग्रेस बुटवल नगरसभापतीमा निर्वाचित भएका हुन ।