नवलपरासीमा कुन पालिकामा ककस्ले दिए उम्मेदवारी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख १३ गते

नवलपरासी । नवलपरासीमा पनि दलका उम्मदेवारहरुले हर्साेउल्लासका साथ उम्मदेवारी दर्ता गराएका छन् । जिल्लामा उम्मदेवारी दर्ता निकै सौहार्द वातावरणमा सम्पन्न भएको छ ।

रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा नरेन्द्र कुमार गुप्ता, उप प्रमुखमा आराधना भट्टले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट प्रमुखमा धनपत यादव, उप प्रमुखमा लक्ष्मी क्षेत्री, जसपा माओबादी गठबन्धनको तर्फबाट प्रमुखमा गोविन्द चौधरी, उप प्रमुखमा शैलेन्द्र सहानी, लोसपाबाट प्रमुखमा हरिनारायण चौधरी, उप प्रमुखमा सोभा चौधरी, राप्रपाबाट प्रमुखमा रामभवन यादव, उप प्रमुखमा सम्झना चौधरीले उम्मदेवारी दर्ता गराएका हुन् ।

यता सुनवल नगरपालिकामा नेपाली कांग्रेस–माओबादी केन्द्रको गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसको तर्फबाट अर्जुन कुमार पोख्रेल, उप प्रमुखमा माओबादीको तर्फबाट लेखनाथ खरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै एमालेबाट प्रमुखमा बिमला अर्याल, उप प्रमुखमा सुर्य दुबे, लोसपाबाट प्रमुखमा हरिनारायण कँवर, उप प्रमुखमा कलावती कवँरले उम्मदेवारी दिएको पार्टीका श्रोतहरुले जानकारी दिएको छ  ।
बर्दघाट नगरपालिकामा कांग्रेस माओबादी गठबन्धनले प्रमुखमा कांग्रेसको तर्फबाट सम्भुलाल श्रेष्ठ, उप प्रमुखमा माओबादीको तर्फबाट रुद्र प्रकाश उपाध्यायको उम्मेदवारी दर्ता गराएको छ ।

एमाले–जनमुक्तिको गठबन्धनले प्रमुखमा एमालेको तर्फबाट धिरज शर्मा बस्याल, उप प्रमुखमा तारा रानाको उम्मदेवारी दर्ता गराएको छ । लोसपा जसपा भने बर्दघाट नगरपालिकामा उम्मेदवारि नै दर्ता गराएका छैनन ।

पाल्हीनन्दन गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा राजेन्द्र सहानी उपाध्यक्षमा सकिना फतिमा खातुन, माओबादीको तर्फबाट अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्षमा पावित्रीदेवी कोहारको उम्मदेवारी दर्ता भयो । त्यस्तै जसपाबाट अध्यक्षमा धरेन्द्र यादव, उपाध्यक्षमा मन्जु चौधरी, लोसपाबाट अध्यक्षमा मुकुरजी गिरी, उपाध्यक्षमा जलेखा खातुन र एमालेबाट अध्यक्षमा आफताब आलम अंसारी, उपाध्यक्षमा रिङ्गला यादवले उम्मदेवारी दर्ता गराउनु भएको छ । पालिकामा राप्रपाबाट रघुनन्दनको पनि उम्मेदवारी दर्ता भयो ।

सरावल गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा अनिल कुमार गौड, उपाध्यक्षमा उत्तमा राय, एमालेबाट अध्यक्षमा सुखाडी चौधरी, उपाध्यक्षमा बासमति हरिजन, जसपाबाट अध्यक्षमा निर्मल यादव, उपाध्यक्षमा सुनिता हरिजन, लोसपाबाट अध्यक्षमा ईन्द्रकमल यादव, उपाध्यक्षमा श्यामकुमारी चौधरी, माओबादीबाट अध्यक्षमा सुभाअलि अंसारी उपाध्यक्षमा जानकी चौधरीको उम्मेदवारी दर्ता भयो । सरावलमा अध्यक्ष पदका लागि स्वतन्त्र बाट राधेश्याम चौधरी, पन्चराम चौधरीको पनि उम्मदेवारी भएको छ भने उपाध्यक्षमा स्वतन्त्रबाट प्रदिप अग्रहरीको उम्मदेवारी भएको छ ।

प्रतापपुर गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसबाट उमेशचन्द्र यादव, उपाध्यक्षमा मानकुमारी चौधरी, जनता प्रगतिशिल पार्टीबाट अध्यक्षमा करम हुसैन उपाध्यक्षमा अन्जु कुमारी चौधरी, एमालेबाट अध्यक्षमा खेमनारायण चौधरी उपाध्यक्षमा थमसरा न्यौपाने, माओबादीबाट अध्यक्षमा धिरज त्रिपाठी, उपाध्यक्षमा टिकादेवी शर्मा, जसपाबाट अध्यक्षमा राजेश चौधरी उपाध्यक्षमा मनिसा कुमारी गुप्ताको उम्मेदवारी परेको छ ।
सुस्ता गाउँपालिकामा अध्यक्ष पदका लागि कांग्रेसबाट टेकनारायण उपाध्याय उपाध्यक्षमा गिता चौधरी, एमालेबाट अध्यक्षमा रामप्रसाद पाण्डे उपाध्यक्षमा ईन्द्र कुमारी थरुनी, जसबाट अध्यक्षमा लख्खु यादव उपाध्यक्षमा निर्मला चौधरी, माओबादीबाट अध्यक्षमा धर्मेन्द्र पन्जियार, उपाध्यक्षमा सुस्मा बनियाको उम्मदेवारी दर्ता गर्नु भएको छ ।