चीन र जापानमा उडान सम्बन्धी नेपाल एयरले गर्यो यस्तो घोषणा !

प्रकाशित मिति:

काठमाडौं,६ पुस – नेपाल एयरलाइन्सले आगामी वैशाखसम्म जापान, कोरिया, चीन र साउदी अरेवियामा उडान गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिएको छ ।एयरलाइन्सले पहिलो चरणमा जापान र चीनमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । फागुन मध्यसम्म जापानको ओसाकामा उडान गर्ने र चैत मसान्तसम्म चीनको ग्वान्जाउ सहरमा उडान गर्नेगरि पूर्वतयारी सुरू भइसकेको श्रोतले जनाएको छ ।

असारमै पहिलो एयरबस वाइडबडी ए ३३० जहाज आए पनि नयाँ गन्तव्य नपाउँदा छोटो दुरीमा उडान गरिरहेको छ ।