भरतपुरमा बागी उम्मेदवार दिएर स्वतन्त्रमा पुगेका पौडेलले चुनाव चिन्ह पाए ‘भूइँकटहर’

प्रकाशित मिति:

काठमाडौं । भरतपुर महानगरको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । जसमा पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका हुन् ।

नेता पौडेल नेपाली काँग्रेसका पुराना नेता हुन् । तर सत्ता गठबन्धनको भागबण्डाको क्रममा भरतपुरको मेयर माओवादीलाई परेपछि उनले बागी उम्मेदवारी दिएका थिए ।काँग्रेसका नेताहरुसहित गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेपनि उनले निर्धारित समायमा पनि उम्मेदवारी फिर्ता नलिएपछि उनी कारवाहीमा परेका थिए । त्यसपछि उनी स्वतन्त्रको उम्मेदवार बन्न पुगेका हुन् ।