बुटवल १७ बैशाख-होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले नयां वर्ष २०७९ को भिते पात्रो विमोचन गरेको छ । हरेक वर्ष प्रकाशन गदै आएको संघले यस वर्ष पनि विगत वर्षको कार्यलाई निरन्त्रता प्रदान गरेको छ । संघका अध्यक्ष राम प्रसाद गौतम वरिष्ठ उपाध्यक्ष वाबुराम गौतम, महासचिव माधव कुमार खनाल, द्धितीयउपाध्यक्ष रोमकान्त पाण्डे भितेपात्रो प्रकाशन समितिका संयोजक कृष्ण प्रसाद पाण्डे सहितको टोलीले सामुहिक रुपमो भितेपात्राकोे विमोचन गर्नु भएको हो ।
कार्यक्रममा अध्यक्ष राम प्रसाद गौतमले व्यवसायीको हकहितका लागि संघले अगाडी सारेका मानविय काम र व्यवसायीक आचार संहितालाई पालना गर्न व्यवसायीहरुलाई आह्वान गर्नु भयो । पर्यटन व्यवसायलाई आत्मसाथ गरी पेशा व्यवसायलाई परिष्कृत गदै समयानुकुल परिमार्जन गर्न जरुरी रहेको अध्यक्ष्य गौतमले जोड दिनु भयो ।












