‘जित सुनिश्चित छ, जनताहरुको सेवाको लागि नै मेरो उम्मेद्वारी’: आचार्य

प्रकाशित मिति:

     युवा समाजसेवी एंव अधिवक्त कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिकाका मेयर पदका उम्मेद्वार राविराज आचार्य संग बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको विषयमा तपाईको उम्मेदवारी किन ? भन्ने प्रसंगमा भागिरथी न्युजका प्रतिनिधि दुर्गा अर्यालले गरेको कुराकानी ।
तपाई पेशाले अधिवक्ता किन नगर प्रमुख वन्न लाग्नु भएको हो ?
अध्ययन गर्दै जादा वकालत पढियो त्यस अर्थमा म अधिवक्ता पनि हो, राजनीतिशास्त्रको विद्यालर्थी पनि हुँ । तर मेरो मुख्य पेशा कृषि र वाकी समय राजनीति हो । सानै देखि नेपाली कांग्रेसको राजनीतिमा लागियो । सधैं अरुलाई अवसर दिदै गर्दा उल्लेखनिय काम म पनि गर्न सक्छु भन्ने लाग्यो । नगरक्षेत्रको विकास के, कसरी, कस्तो गर्नु पर्छ भन्ने जानकारी छ । यहाँको माटो अनुसार विकास गर्दे जानु पर्छ भन्ने पनि थाहा छ । त्यस अर्थमा मेरो उम्मेदवारी हो । वाणगंगा नगरपालिका देशकै नमूना वनाउन सकिने खालको छ । श्रोतहरुपनि छन त्यसको सदुपयोग भएको छैन, पुरै सदुपयोग गर्न सक्ने नेतृत्व आवश्यक छ । नेतृत्व गर्न सक्ने क्षमता म संग छ, त्यस अर्थमा अहिले हुदै गरेको स्थानिय तहको नेतृत्वको दावा गरेका हुँ ।
तपाई नेतृत्वमा आउनु भो भने के के सुधार गर्नु पर्ने ठाउँहरु छन जस्तो लाग्छ ?
मेरो विचारमा, हामीले गर्नु पर्ने काम भनेको मुख्यतया नागरिक प्रति उत्तरदायि स्थानिय सरकार हो । वडा कार्यलय देखि नगरक्षेत्रमा भएका सवै कार्यलयहरु नागरिक मैत्री वनाउनु पर्ने देखिन्छ । लोकतन्त्रमा शासक भन्दा पनि सेवक हौं है भन्ने मुल्य मानयता स्थापित गर्नु छ । तर शासनमा वस्नेहरुले आम नागरिकलाई सहजीकरण तरिका अपनाउन पर्छ । सहयोगीका रुपमा आफूलाई प्रस्तुत गर्न सक्नु पर्छ तव मात्र नगरवासीले लोकतन्त्रको भेउ पाउन सकक्छन भन्ने हो । मेले देखेको छु, एउटा गरिव नागरिक सरकारी कार्यालय जादा अपमानित भएको त्यो म हुन दिने छैन ।

अर्को कुरा योजनाहरुको हो जुन आवस्यकतामा आधारित र वस्ती तहकै वासिन्दाले तय गरेका हुनुपर्छ । अनावस्यक योजना जसले नागरिकलाई खासै प्रतिफल दिदैन त्यस्ता योजनाहरु कम भन्दा कम गरेकै राम्रो हो । अझ स्पष्ट भन्ने हो भने कमिसन आउने खालको योजना मात्र प्राथमिकता गर्नै पुरानो संयन्त्र छ, त्यसलाई पुरै परिवर्तन भनौ वा धेरै पटक समिक्षा गरेर मात्र पूर्णता दिनु पर्छ भन्ने हो । सुधारात्मक तरिका अपनाउन पर्छ भन्ने मलाई लाग्छ । यी सवै तपाई हामीले अनुभव गरेकै कुराहरु हुन । नयाँ कुरा होइन । तर यस्ता थुप्रै उदाहरणहरु छन् । त्यसै गरी वाणगंगा नगरपालिका भित्रका वहुसंख्याक मानिसहरु कृषि पेशामा आश्रित छन् । यस अर्थमा कृषिमा लगानी वढाउनु आवस्यक छ । सिचाईका उचित प्रवन्ध, कुलो नालाहरुको सुधार, विउ विजन र मलखादका सवालमा पनि नगरपालिका सचेत भई समन्वयात्क ढंगवाट काम गर्नु पर्ने देखिन्छ । अनि, अरु कुरा गर्दा जसरी हुन्छ नगरवासीहरुलाई उद्यमशिलता र स्वरोजगारी तर्फ प्रोत्साहन गर्ने खालको नीति र वजेट योजना गर्नै पर्छ । यी सामान्यतया देखिएका सुधारात्मक कुराहरु हुन । यद्यपी अरु धेरै नै छन् ।
अव तपाईले यो यो काम गर्छु भन्ने त्यस्तो केही योजना वनाउनु भएको छ ?
नीतिगत रुपम निर्देशित कामहरु त गर्नै पर्ने हुन्छ । यद्यपी यस क्षेत्रमा विकासको कुरा गर्दा त्यस्ता धेरै क्षेत्रहरु छन । नगरले नगरवासीको सामाजिक, आर्थिक र सास्कृतिक विकासका साथै पर्यटकिय विकासका कुरालाई पनि जोड्न सकिन्छ जस्तो की राजापानीको समग्र विकास, धार्मिक क्षेत्रहरुको विकास, कपलिधाम,कैलास आश्रम, मधुवन धाम, ओशो धाम त छन नै, वरु तिलौराकोट र जगदिशपुर तालसंग पर्यटकलाई जोड्न सकिने उपाय पनि छ । जस्तो की, वनगाइ वाट दक्षिण तर्फ जादै गर्दा त्यहाँ नहरको वाटो छ । एक छिन मान्नुस त त्यो नहरको दुइ साइड तर्फको वाटोलाई चौडा गरी पिच गर्दा विचमा वग्दै गरेका नहर र दूवै तर्फ आकर्ष वृक्ष र फुलहरु सहितको मनोरम, हेर्न लाएक वाटो वनाउन सकिन्छ । त्यो वाटो जगदिशपुर सम्म पुग्दा विशाल तालको मनोरम दृष्य हेर्न सकिन्छ । अझ अगाडी जादै गर्दा सगरहवा ताल र त्यस अगाडी तिलौराकोट पुग्न सकिन्छ । त्यहाँ वाटो वनी सकेको छ । अव जगदिशपुर उत्तरको काममा हामी ले कपिलवस्तु नगरपालिकासंग समेत समन्वय गरी कार्य अघि वढाउदा यस क्षेत्रको समेत गरिमा वढ्न पुग्छ । त्यस्तै, वाणगंगा ८ मोर्मीमा कडवा चौर भन्ने स्थान छ । त्यहाँ आकर्षक पार्क वनाउदाँ आन्तरिक पर्यटन वढ्छ र त्यहाँ उत्पादित तरकारी, केरा, माछाको खपत वढछ । स्थानियहरु स्वरोजगार हुन्छन । मैले भन्न खोजेको आन्तरिक वा वाह्य पर्यटनको वृद्धि र स्वरोजगार हुन सक्ने स्थानको पहिचान गरी लगानी गर्नु पर्छ भन्ने हो । अरु स्थानको कुरा गर्दा राजापानी एगटा धेरै सम्भावना भएको क्षेत्र हो । यसको एकिकृत विकास गर्न सकियमा नगरक्षेत्रको गरिमा र आय आर्जनका क्षेत्रहरु समेत वृद्धि हुन सक्छ । त्यस्तै सडक विस्तारको कुरा गर्दा, पिपरा देखि भक्तौली वा प्रगतीनगर चोक हुदै ओदारी र ओदारीवाट कोपवा हुदै वनगाई,भलवाड,मधुवन हुदै पावर, विक्रम हुदै पुन पिपरा सम्मको च्रकपथ निर्माण गर्न सकिने संम्भावना छ । यसले अर्घाखाची सम्मको उत्पादनको वजारीकरण गर्न दुवै पक्षलाई सहयोग पुर्याउछ । उत्तर अर्घाखांची र दक्षिण शुद्धोधन गाउँपालिकालाई जोड्छ, नागकिरहरुको कर्षि उपज ओसार पसार गरी नागरिक नागरिक वीचको सम्वन्ध स्थापित गराउछ । मैले प्रतिकात्मक रुपमा यी कुरा जनाएको हुँ । यस्ता धेरै योजनाहरु छन् ।
यदि तपाईको जित भयो भने तपाइले गर्ने अरु काम वा योजनाहरु अरु के के हुनेछन ?
मेरो विचारमा शिक्षालाई गुणस्तर र सहज वनाउदै जानु पर्छ । यसकालागि स्थानिय सरकारी कर्मचारीहरुलाई उत्तरदायि वनाउनु पर्ने देखिन्छ र शिक्षामा लगानी समेत वढाउनु पर्ने देखिन्छ । नगरपालिका भित्रका ११ वडामा प्रति वर्ष कम्तीमा पनि २ वटा प्राथमिक विद्यालयलाई नमूना विद्यालयकारुपमा विकास गर्नु आवश्यक छ । असल नागरिक उत्पादन गर्न शिक्षामा लगानी वढाउनै पर्छ । अर्को कुरा, स्वास्थ्य पूर्वाधारहरुको विकासको हो । विज्ञता सहितको चिकित्सा केन्द्रको विकास गर्नु पर्ने छ । यो कार्य समन्वयात्मक तरिकावाट गर्न सकिन्छ । तेश्रो महत्वपूर्ण कार्य कृर्षि क्षेत्रकोको प्रविधियुक्त सुधार हो । त्यसै गरी, फोहर व्यवस्थापन र फोहरलाई मोहरमा वदल्ने प्रविधि विस्तार अपनाउने हो । सरकारी नीति तथा निर्देशिका वमोजिमका कार्यहरुलाई उत्तरदायि ढंगवाट भनौ वा नविन तरिकावाट नागरिकलाई लाभ हुने गरी कार्यान्वयनमा ल्याउने हो । युवाहरुलाई लक्षित गरी आय आर्जन विकास गर्न सक्ने तालिम कार्यक्रम आयोजना गर्ने । नगरको सर्वपक्षिय विकासकालागि विभिन्न संघ, संस्था तथा दातृ निकायहरुसंग समन्वयात्मक कार्य गर्ने । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नविन शैलीवाट परिचालना गर्ने । हिंसा तथा दुव्र्यवहारमा परेका महिला तथा वालवालिकाहरुको लागि सुविधा सम्पन्न आप्रवासन सेवाकालागि सामुदायिक भवनको व्यवस्थापन गर्ने । वालश्रम मुक्त, वालविवाह मुक्त, हिंसा मुक्त नगर घोषणाकालागि दातृ निकाय एवं विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्ने । विकास निर्माण, पर्यटकिय क्षेत्रको प्रवद्र्धन, यस क्षेत्रको गौरवको आयोजनाहरु निर्माण गर्दा सर्व पक्षिय समन्वयको पहल गर्नु । सामुदायिक वनको श्रोत परिचालन गर्न वन उपभोक्ता समितिहरुसग साझेदारीका लागि समन्वय गर्ने । सरसफाईका लागि टोल टोलमा सरसफाई समिति निर्माण गरि परिचालन गर्ने । श्रमिक मैत्रि नगरको विकास गर्दै सबैलाई श्रमिकहरुको हक हित, कृषिश्रमिकहरुका न्युनतम ज्याला, सुरक्षा, निर्माण श्रमिकहरुका सवालहरु, दुर्घटना बिमा अनिवार्य कार्यान्वयन जस्ता कुराहरु आफ्नो जीत पछि नगरपालिका भित्र सम्यन्त्र निर्माणगरी कार्यान्वयन गराउने छु । नगरमा कृयाशिल रहेका विभिन्न संघ, संस्थाहरु, व्यवसायिक निकायहरु, वौद्धिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रका विज्ञहरुको त्रैमासिक वैठक वसी विकासका नयाँ आयामहरु र योजनाका सम्वन्धमा व्यापक वहस संचालन गर्ने । विपक्ष दलका पदाधिकारीहरुलाई छाया समितिका रुपमा मान्यता दिई उनिहरुको सुझावहरुलाई आत्मसाथ गर्नु तथा उनीहरुसंग उचित व्यवहार गर्नु, निषेधको राजनीति भन्दा सम्मान जनक अवस्था सृजना गर्ने । अव्यवस्थित वसोवास भएकाहरुलाइ सरकारी नीति वमोजिम व्यवस्थित गर्दै जानु र नगर क्षेत्रमा रहेका जमिन नहुनेहरुको कमितमा पनि छाप्रो अर्थात घर वनाई वस्ने अधिकार सुनिश्चित गर्नु । अरु धेरै भनौं भने कृषि, उद्यमशिलता, रोजगार मुलक तालिम, सामाजिक सांस्कृतिक संरक्षणका विषयहरु, एकल महिला, अपांगहरु, किशोर किशोरीका सवालहरु उपर योजनावद्ध तरिकाले काम गर्ने छु ।
अन्त्यमा मतदाताहरुलाई के भन्नुहुन्छ ?
म र मेरो समुह चुनावी मैदानमा छौं । यहाँहरुको अमुल्य मतको अपेक्षा गरेका छौं । नगरक्षेत्रको वृहत्तर विकासका लागि अहोरात्र मेहनत गर्ने प्रतिवद्धता सहित तपाईहरु विचमा आएका छौं । म र मेरो समुहका सवै उम्मेदवारहरुलाई विश्वास गर्नुस पारदर्शि र नागरिक प्रति उत्तरदायित्वको खोजी तपाई हामी सवैको सरोकार हो । मलाई लाग्छ, मेरो बाणगंगा मेयर पदमा जित सुनिश्चित छ, म जनताहरुको सेवाको लागि नै उम्मेद्वारी दिएको हुँ । त्यसैले सम्पूर्ण आमा बुबा, दाजुभाईहरुलाई एक पटक नगरको विकास र परिवर्तन गर्दै तपाईहरुको सेवा गर्ने मौका दिन अपिल गर्दछु । हामी तपाईहरुको विश्वासको प्रतिकुल हुन दिने छैनौं ।