भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

प्रकाशित मिति:

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे २ जेठभन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।

एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी नहुने हिन्दूको समाचारमा उल्लेख छ ।नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । स्रोतका अनुसार देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी ओर्लिने छन् ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।भारतीय प्रधानमन्त्री मोदी अहिले युरोपको भ्रमणमा छन् । नेपाल भ्रमणपछि उनी जापानको भ्रमणमा जाने कार्यतालिका छ ।