दोलखा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प

प्रकाशित मिति:

दोलखा । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६।०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३।७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।