रुपन्देहीको तिलोत्तमा पुगेर कांग्रेस महामन्त्री शर्माले भने : तालमेल ईमान्दारी पूर्वक पालना गर्नुस्

प्रकाशित मिति:

तिलोत्तमा, २२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई ईमान्दारी पूर्वक पालना गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै संबिधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेद्वार बनेका सबैलाई मतदान गर्न आग्रह गरेका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको गठबन्धनको नगर स्तरीय संयुक्त आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आ–आफ्नो दलको प्रचारमा हिडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एक दिन चित्त बुझाएर तालमेल गरेका उम्मेद्वारलाईं जिताउन आग्रह गरे ।उनले भने,‘नेपाली कांग्रेसको प्रचारमा हिडेका कार्यकर्तालाई माओबादीलाई भोट माग्दा आफ्ठ्यारो महसुस हुन्छ, तरपनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेद्वारलाई मतदान गर्नुहोस् । ’

उनले तालमेल भनेको बिबिधतामा एकता रहेको उल्लेख गर्दै जिवन बिबिधताकै कारणले चल्ने उल्लेख गरे । उनले भने, ‘जिवन भनेको बिबिधताकै कारणले चल्छ, चिन्दै नचिनेको संग बिहे भएर जिवन बित्छ, यहाँ त संगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस् ।’नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणा पत्रको धज्जी उडाएको बताउँदै अहिलेको समयमा कांग्रेस र एमालेको दुबैको घोषणापत्र पढेर बिबेक पुर्‍याएर मतदान गर्न उनको आग्रह छ । उनले भने,‘केपी ओलीले कांग्रेसको घोषणापत्रको धज्जी उडाउनुभयो, एमालेको घोषणापत्रमा भ्यु टावर छ, हाम्रोमा जनता । युवा पुस्ताले भ्यू टावर हेर्ने हो वा जनताका मन बुझ्ने कार्यक्रम राख्ने हो । सबैले पढ्नुस र विवेक पुर्‍याउनुहोस् ।’

केपी ओलीमाथी निकै आक्रोस पोखेका महामन्त्री शर्माले ओलीले एमालेलाई क्विन्टल र अन्य दललाई किलोको संज्ञा दिएकोमा प्रतिबाद गर्दै एमाले क्विन्टलनै भएपनि कांग्रेस तोला भएको तर्क गरे । उनले भने, ‘ओलीजीले एमालेलाई क्विन्टल भन्नुहुन्छ, अन्य दललाई किलो । यसमा म के भन्छु भने, उहाँ क्विन्टल नै हुनुस्, तर हामी किलो होईनौँ । हामी तोला हौँ । एक तोलाले कति क्विन्टल आउँछ आफै बिचार गर्नुस् ।’
उनले तिलोत्तमामा गठबन्धनका उम्मेद्वारहरुले जारी गरेको प्रतिबद्धता पत्रको प्रशंसा समेत गरे । उनले तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना निकै उत्कृष्ट रहेको उल्लेख गरे । शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको निकै तारिफ समेत गरेका थिए । उनले जनताको स्वास्थ्य भन्दा ठुलो जनप्रतिनिधि बस्ने भवन आवश्यक नरहेको उल्लेख गरे ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एव लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षेत्रीले संविधान बचाउनको लागि गरिएको गठबन्धन दलका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । उनले केपि ओलीले सत्ता गठबन्धन प्रति कटाक्ष गरेको स्मरण गर्दै एमाले डराएर जुन पायो त्यही दलसंग गठबन्धन गर्दा ९ दल संग गठबन्धन गरेको टिप्पणि गरे ।उनले सत्ता गठबन्धन दलहरुको उपस्थितिलाई स्विकार्दै गठबन्धन बनेको बताउदै तिलोत्तमा तथा देशैभरका गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले भने– ’संविधान बचाउनको लागि हामी एकैठाउं छौं । तपाइहरुले तिलोत्तमा तथा अन्य क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् ।’आमसभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले अझैपनि नेपाली समाजमा महिलाहरुलाई माथि उठ्न नदिईएको बताउँदै यसको अन्त्यको लागि नेपाली कांग्रेसलाई तीनवटै तहमा बिजयी बनाउन आग्र गरिन् । हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको मुद्दा नेपाली कांग्रेसले उठाएको बताउँदै संघीय संसद संसदिय दलका सचेतक समेत रहेकी भुसालले महिलाहरुका एजेण्डालाई जोडतोडका साथ उठाउन आग्रह गरिन् । उनले संविधानको रक्षाको लागि गठबन्धन भएको उल्लेख गर्दै तालमेलका उम्मेद्वारलाई अत्यधिक मतले बिजयी बनाउन आग्रह गरिन् ।

कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाड््ने बाहेक अन्य केही काम नगरेको बताए । उनले वीर गोर्खालीको उपमा पाएको नेपालीलाई खाडिमा बस्नुपर्ने बाध्यता रहेको बताए । कोरोनाको महामारीमा जनताले सिटामोल, अक्सिजन, भेण्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने,–’कोरोनाको महामारीमा जनताले सिटामोल, अक्सिजन भेण्टिलेटर खोजेको बेला तत्कालीन प्रधानमन्त्री केपि ओलिले आफैले बनाएको पानी जहाजमा डुल्दा डुल्दै कसैलाई साथमा राख्न सकेनन् ।’सपनामा डुल्दा डुल्दै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलाई साथमा राख्न नसकेको बताउदै उनले ओलि अझै त्यो सपनाबाट बाहिर उठ्न नसकेको टिप्पणि गरे । उनले जनप्रतिनिधिहरुमा महिला सहभागितालाई कांग्रेसले ब्यवस्था गरेको बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले नेपाल अब धर्म निरिपेक्ष रहने बताउदै युवा पुस्तालाई जिताउन आग्रह गरे ।
प्रदेश सभा सदस्य रमा अर्यालले महिलाका समस्यालाई समाधान गर्नका लागि नेतृत्वमा महिला आउनुपर्ने बताईन् । उनले महिलाहरूलाई नेतृत्वमा ल्याउने काम कांग्रेसले मात्रै गरेको बताईन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार एव नेपाली कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवारी दिएको बताए । उनले तिलोत्तमामा एकिकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, ब्यवसाय कर कटौती, ३० युनिट सम्म विद्युत निशुल्क ब्यवस्था, फोहोरमा लिइदै आएको कर मिनाह, भित्री सडक कालोपत्रे गर्दा जनताको पैसा नलाग्ने, महिलालाई स्वरोजगार एव आत्मनिर्भर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गठबन्धन जित्न र सबै दलको समान सहभागिताको लागि गरिएकोले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । कार्यक्रममा बोल्दै गठबन्धनबाट तिलोत्तमाको उपमेयरका उम्मेदवार हेमराज पाण्डे (हेमन्त) ले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै भ्रष्टाचारमुक्त तिलोत्तमा बनाउन सहयोग गर्न आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सचिब हरि काफ्ले, माओबादी केन्द्रका तिलोत्तमा नगर ईन्चार्ज बेल प्रसाद शर्मा लगायतले बोलेका थिए ।
तिलोत्तमा नेकपा एमाले निर्वाचन परिचालन कमिटि सदस्य कांग्रेस प्रवेश-तिलोत्तमा, २२ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका निर्वाचन परिचालन कमिटि सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।नेकपा एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य घनलाल अधिकारी सहित विभिन्न वडाबाट ७ सय ३९ जनाले एमाले सहित अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बिहिवार रुपन्देहीको तिलोत्तमामा आयोजित बृहत आमसभामा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य पुष्पा भुसाल लगायतले पार्टी सदस्यता प्रदान गरि पार्टी प्रवेश गराएका थिए ।

चुनावको मुखमा उद्घाटन भएको बनबाटिकाको भ्युटावर अझै अपुरो, सर्वसाधारण चढ्ने कहिले-तिलोत्तमा, २२ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटीकाभित्र भ्युटावर बनिरहेको छ । गत चैत्र १५ गते उक्त भ्युटावरको तामझामका साथ उद्घाटन भयो । एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको उद्घाटन गरेका हुन् ।टावरको माथिल्लो भागमा पुगेर ओलीले दुर्विनबाट वरिपरिको दृष्य नियाले । बनबाटिकाको भ्युटावर उद्घाटन हुँदा देशव्यापी रुपमा चर्चा भएको थियो । एमाले नेतृत्वको सरकारले जनताका आधारभूत कुरामा ध्यान नदिएर भ्युटावरमा राज्यको पैसा खन्याएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा व्यापक आलोचना पनि भएको थियो ।
कुनै पनि संरचना उद्घाटन भएपछि सञ्चालन भएको बुझिन्छ । उद्घाटनको समाचार हेरेका र सुनेका धेरैलाई शंकरनगर बनबाटीका घुम्न जाँदा भ्युटावर चढ्न पाइन्छ कि भन्ने लागेको पनि होला । तर भ्रममा नपर्नुस् । बनबाटिका पुग्दैमा टावरमा चढ्न पाइँदैन ।शंकरनगर बनबाटीकाका एक सदस्यका अनुसार नागरिकहरु भ्युटावरको उचाइमा पुग्न कम्तिमा पनि साउनसम्म पर्खनुपर्ने हुन्छ । ‘संरचना बनेको हो । भित्र डेकोरेसन लगायतका काम भइरहको छ । साउन १ गतेबाट सञ्चालनमा आउन सक्छ ।’ ति सदस्यले भने ।भ्युटावर बनाएको जस एमाले रआँफूमाथि थोपर्न मेयर बासुदेव घिमिरेले हतार हतार भ्युटावरको उद्घाटन गराएका हुन् ।बैशाख ३० गते हुने स्थानिय चुनावको लागि चैत्र २५ गतेबाट आचारसंहिता लागु भएको भयो । आचारसंहिता लागू हुन भन्दा १० दिन अघि एमालेले भ्युटावर बनायो भन्ने सन्देश दिन उदघाटन नै नभइकन केपी ओलीबाट उद्घाटन गराएका हुन् ।

अपुरो अवस्थामा भ्युटावरको उद्घाटन त एका तर्फ छँदै छ । भ्युटावरको निर्माणको लागि ठूलो रकम खन्याइएको छ ।
यसको लागत झण्डै १४ करोड छ । जस मध्ये तिलोत्तमा नगरपालिकाले ७० प्रतिसत र बनबाटीकाको ३० प्रतिसत लगानी रहेको छ । नगरपालिकाले अनावश्यक ठाउँमा बढि पैसा खन्याएको भन्दै आलोचना पनि भएको छ । भ्युटावर बनाउने रकमबाट जनताका थुपै्र समस्या हल गर्न सकिने नगरबासीहरु बताउँछन् ।नगरपालिकामा अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका थुपै समस्या छन् । अनावश्यक पूर्वाधारमा खर्च हुने रकमले सामुदायीक विद्यालयमा शैक्षिक सुधार, स्वास्थ्य केन्द्रमा आधारभूत संरचना, कृषि उत्पादन, रोजगार प्रवद्र्धन लगायतका काम गर्न सकिने तर्फ पनि बहस हुने गरेको छ ।कांग्रेसबाट तिलोत्तमाको मेयरको उमेदवार बनेका रामकृष्ण खाणले एमाले नेतृत्वको नगरपालिकाले अनावश्यक ठाउँमा लगानी गरेको आरोप लगाए । नगरपालिकामा कांग्रेसको नेतृत्व आएमा भ्युटावर भन्दा जनताको समस्या हल गर्न तर्फ योजना ल्याउने खाणले घरदैलो कार्यक्रममा बताउँदै आएका छन् ।भ्युटावरले पर्यावरणलाई पनि असर गरेको छ । शंकरनगर बनबाटीका सामुदायिक बनको जग्गामा पर्दछ । बन क्षेत्रमा जथाभावि कंक्रिटको संरचना बनाउँदा त्यहाँको पर्यावरण विग्रने र वन्यजन्तु तथा चराचरुङ्गीहरुलाइ समेत त्यसले प्रत्यक्ष असर पर्ने वातावरण विदहरु बताउँछन । वन क्षेत्रको प्राकृतीक सुन्दरतामा पनि हा्रस आउने उनीहरु बताउँछन ।