तिलोत्तमा, २३ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार भएको आमसभाको फोहोर व्यवस्थापन मेयर उम्मेद्वार रामकृष्ण खाँणले गरेका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्रको संयुक्त आयोजनामा आयोजित आमसभाको फोहोर व्यवस्थापन मेयरका उम्मेद्वार खाँणले आफै गरेका हुन् । नेपाली कांग्रेस तर्फबाट मेयर पदका उम्मेदवार खाँण सहित नेपाल तरुण दल तिलोत्तमा नगर सभापति खिम क्षेत्री, सचिव होम पौडेल लगायतको टोलीले सरसफाई गर्दै फोहोर व्यवस्थापन गरेको हो । फोहोर व्यवस्थापन गर्दै मेयर पदका उम्मेद्वार खाँणले आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्छ भनेर सरसफाई गरेको बताए । उनले तिलोत्तमालाई सुन्दर र शान्त बनाउनेसंगै भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन उनले आग्रह गरे ।बिहीबार तिलोत्तमा (मेला लाग्ने स्थान)मा भएको भेलामा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुस्पा भुसाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । तिलोत्तमामा नेपाली कांग्रेस र माओबादी केन्द्रले तालमेल गरेका छन् । यहाँ मेयर कांग्रेसले पाएको छ भने उपमेयर माओबादी केन्द्रले । मेयर पदको उम्मेृद्वार खाँण हुन् भने माओबादीका हेमराज पाण्डे(हेमन्त) उपमेयर पदका उम्मेद्वार हुन् ।
छाडा चौपायाले तिलोत्तमाका किसानका बालीनाली सिध्याएर हैरान- पशु चौपाया कागजमा मात्रै व्यवस्थापन
तिलोत्तमा, २३ बैशाख । तिलोत्तमा नगरपालिकामा छाडा पशु चौपाया नियन्त्रण नहुंदा किसानले लगाएका बालीनाली नष्ट पार्न थालेका छन् । नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि(२०७५ बनाएपनि हालसम्म कार्यान्वयन तर्फ कुनै चासो नै दिएको छैन ।कृषकहरुले लगाएका बाली नाली नष्ट बनाएपछि नगरपालिकालाइ पटक पटक जानकारी समेत गराएपनि कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ ।तिलोत्तमा ९ तुलसीपुरकी मीना पौडेलले घरदैलोमा पुगेका उम्मेदवारलाइ पशुचौपाया नियन्त्रण गर्ने योजना ल्याउन आग्रह गरिन् । उनी भन्छिन्—‘हाम्रो घरतिर मकै लगाएको,तरकारी लगाएको सबै छोडुवा गाँईले खाँएर केहि पनि छैन,यो व्यवस्थापन गर्ने कसले हो,सरकारले गर्छ भन्छन,सरकार खोई कहाँ छ ? हामी त सरकार खोज्दाखोज्दै थाकीसक्यौ ।’उनले अगाडी भनिन्—‘ती गाइबस्तु दिउँसोको घाममा यसो छहारीतिर जान्छन्,साँझ र विहानको सितलमा खेतमै आउछन् । बिउ,मल किनेर,टे«क्टरलाई जोतेको पैसा तिरेर दु:ख गरि गरि लगायो खानेबेला सबै छोडुवा गाँईगोरु आएर सत्यनास पारिदिन्छन् ।’ हिउँदे बोडी छपक्कै फलेको थियो हिजो म बजार गए घरमा आँउदा छोडुवा गाईगोरुले सखापै पारेको उनको गुनासो छ ।नेपाली काँग्रेस र एकीकृत नेकपा माओबादी केन्द्र मिलेर बनेको गठबन्धनका तर्फबाट तिलोत्तमा नगर प्रमुखका उम्मेदवार रामकृष्ण खाँण,उपप्रमुखका उम्मेदवार हेमराज पाण्डे र वडा नम्बर १ का वडा अध्यक्ष जोवान सिंह ठकुरी तथा सदस्यहरुका उम्मेदवारहरु घरदैलो कार्यक्रम गर्दे कृषकका घरमा पुग्दा उनीहरुले यस्तो गुनासो गरे ।
चुनावका बेला भोट माग्दै आउने, किसानका सबै समस्या समाधान गर्छौ भन्दै अघिल्लो चुनावमा भोट मागे ,हामीले भोट पनि दियौ,उहाँहरुले जित्नु पनि भयो जितेपछि कृषकलाई फर्केर पनि हेरेनन् ।
कृषिमा दिने अनुदान समेत पहुँच वाला किसानहरुले पाएको उनको भनाइ छ ।मीना जस्तै तिलोत्तमा नगरपालिकाका राजमार्ग नजिक र भित्री भेगका किसानहरु लामो समयदेखि छाडा पशु चौपायाले बालिनाली सखाप पर्दै आएको बताएका छन् ।नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा छाडा चौपाया व्यवस्थापन गर्ने कार्यविधि बनाएर यसको कार्यान्वयनका लागि प्रत्येक आर्थिक वर्षमा वजेट विनियोजित गरेपनि दिर्घकालिन व्यवस्थापन नभएको किसानहरुको गुनासो छ । तिलोत्तमा नगरले नगर प्रहरी लगाएर सडकमा भएका छाडा चौपाया पनि किसानकै खेततिर लखेट्ने गरेको उनीहरुको गुनासो छ ।नगरपालिकाबाट सडकमा भएका वा देखेका छाडा चौपाया सडकबाट अन्यत्र लैजानु,सडकमा रहन नदिनु भनिएकाले सोहि अनुसार गरिएको नगर प्रहरी बताउंछन् । छाडा चौपायाको समस्या लिएर नगरपालिकाको कार्यालय पुग्दा नगर प्रमुख बासुदेव घिमिरेले व्यवस्थापनका लागि कार्यविधि बनाएका छौ,अव व्यवस्थापन हुन्छ भनेर हामीलाई आश्वासन दिनु भयो तर समस्याको समाधान हुन सकेन ।किसानको गुनासो सुुनेपछि तिलोत्तमा नगरपालिका मेयरपदका उम्मेदवार रामकृष्ण खाँणले आफु चुनाव जितेर गएपछि छाडा चौपाया व्यवस्थापन गर्ने कार्यविधिलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउंदै आफुलाई विजयी बनाउन सहयोग गर्न समेत आग्रह गरे ।नगरमा चौपाया छाडेमा ५ सय देखि ३ हजारसम्म दण्ड जरिवाना गरिने समेत ब्यबस्था रहेपनि छाडिएका गाइबस्तुका धनी को हुन् भन्ने पहिचान गर्न नगरपालिकालाइ चासो नै छैन ।
छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७५ मा के छ ? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र जथाभावी छाडिने बेबारिसे छाडा पशु चौपायाले सडक एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ,फोहोर नियन्त्रण गर्न ,कृषि बालीको नोक्सानी तथा क्षेति नियन्त्रण गर्न ,यातायातका साधन तथा सर्बसाधरणको आवागमनमा अवरोध पुर्याई हुन सक्ने दुर्घटनालाई रोक्न र तिलोत्तमा नगरपालिकाले अंगिकार गरेको तिलोत्तमा नगर ,हराभरा तथा सफा शहर भन्ने नारालाई व्यवहारमा उतार्ने सन्दर्भमा यस्ता छाडा पशु चौपायाहरुवाट हुन सक्ने विभिन्न अवरोधलाई तत्कालै नियन्त्रण गरि आवश्यक व्यवस्थापन गर्नका लागि छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि –२०७५ लागु गरेको छ । यो कार्यविधि नगरको स्थानिय राजपत्रमा मिति २०७५असार १३ गते प्रकाशन गरिएको थियो ।
नगरमा चौपाया छाडेमा ५ सय देखि ३ हजारसम्म दण्ड जरिवाना गरिने समेत ब्यबस्था छ ।नागरिकको मनोभावना बुझी स्थानीय समस्यालाई व्यवस्थापन गर्नसके मात्र आगामी दिनमा जनप्रतिनिधि र नागरिक विचको सम्बन्ध समधुर हुनसक्ने सरोकारवालाको भनाइ छ । कार्यविधि बनाएको चार वर्ष सम्मपनि कार्यान्वयन नगर्ने प्रबृत्तिले जनप्रतिनिधिहरुप्रति नागरिकको बिश्वास घट्दै गएको छ ।
उद्योगी व्यवसायी भन्छन्–‘ यसपाली गठबन्धनलाई जिताउँछौँ ’
तिलोत्तमा, २३ बैशाख । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमाका उद्योगी व्यवसायीहरुले गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउने प्रतिबद्धता जनाएका छन् । एमाले नेतृत्वकै कारणले उद्योग व्यवसाय क्षेत्र धरापमा पर्दै गएकोले भ्रष्टाचारमुक्त तिलोत्तमाको नारा बोकेको गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता जनाए ।नेकपा एमाले नेतृत्वको तिलोत्तमाले उद्योगी व्यवसायीका क्षेत्रमा काम गर्दा बिभेद गरेकोले एमाले नेतृत्वलाई कुनैपनि हालतमा नदोहोराउने र गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउने घोषणा उद्योगी व्यवसायीले गरेका हुन् ।शुक्रबार तिलोत्तमा मणिग्राममा तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल कार्यक्रमा बोल्ने बक्ताहरुले एमाले नेतृत्वको तिलोत्तमा सरकारले उद्योगी व्यवसायीको क्षेत्रमा केही काम गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ उद्योगी एवं तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार चन्द्रमान श्रेष्ठले एमाले नेतृत्वको सरकारले उद्योग व्यवसाय बचाउने कुनैपनि काम नगरेको आरोप लगाए । उनले उपलब्धी बिहिन लगानी सम्मेलन गरेर उद्योग व्यवसाय भित्राउने सपना बताएपनि कुनै उद्योग भित्रिन नसकेको बताए । तिलोत्तमाले यहाँ रहेका उद्योगी व्यवसायीको रक्षाको लागि कुनै काम नगरेको बताउँदै उनले आफुहरुका समस्याको बारेमा कुनै पहल नगर्ने पार्टिका उम्मेद्वारलाई पराजित गर्नेबेला आएको बताए । आफुहरुको पक्षमा काम गर्ने गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने, –‘हाम्रा समस्या समाधान एमाले नेतृत्वको तिलोत्तमाले गरेन, हामीलाई सहयोग गर्ने र हाम्रो क्षेत्रमा काम गर्ने प्रतिबद्धता लिएर आएका गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउनुपर्छ । यसमा हामी सबै लाग्नुपर्छ ।’
यस्तै कार्यक्रममा बोल्दै उवा संघ तिलोत्तमाका अध्यक्ष गुनानिधि भण्डारी(माधव)ले यहाँका व्यवसायीलाई कर थोपर्ने काम एमाले नेतृत्वले गरेको बताउँदै कर छुट सहितको प्रतिबद्धता बोकेको गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे । उनले उद्योगी व्यवसायीका समस्या लिएर मेयरकोमा पुग्दा भेट समेत नदिने पार्टिका उम्मेद्वारलाई मतदान नगर्न आग्रह गरे । उनले अब गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
एसोदा फुड्स प्रालिका प्रवन्धक मधुसुदन घिमिरेले बोल्दै करिब ३ वर्षको कोरोना महामारीको समयमा पनि उद्योग व्यवसायीको हितको पक्षमा कुनैपनि काम नगरेको तिलोत्तमामा यो पटक गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे । उनले भने,–‘ यति लामो कोरोनाको महामारीमा हामी उद्योगी व्यवसायीलाई केही कुरामा छुट र राहत समेत नगरले दिएन्, जब हाम्रो लागि केही काम नै गर्दैनन् भने किन त्यहि पार्टिका मान्छेलाई भोट दिने । भ्रष्टाचारमुक्त तिलोत्तमाको नारा बोकेका उम्मेद्वारहरुलाई मत दिएर बिजयी बनाउनु पर्छ । ’
कार्यक्रममा संघका उपाध्यक्ष हरिलाल पाण्डे, उद्योगी व्यवसायी हरि कंडेल, संघका महासचिव कमल कंडेल, कोषाध्यक्ष सुरज पंगेनी, व्यवसायी हरि पन्त लगायतले गठबन्धनका उम्मेद्वारलाई मतदान गरि बिजयी बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
भ्रष्टाचारमुक्त तिलोत्तमा र व्यवसाय करमा छुट सहितको घोषणापत्र लिएर गठबन्धनबाट मेयर पदमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयर पदमा माओबादी केन्द्रका हेमलाल पाण्डे(हेमन्त) उम्मेद्वार रहेका छन् ।
मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा तिलोत्तमा, २३ बैशाख । निर्वाचन आयोगले घरघरमा पुगेर सिकाउने मतादाता शिक्षा यो वर्ष सञ्चालन नभएपछि तिलोत्तमाका गठबन्धनका उम्मेद्वारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् ।निर्वाचनमा नयाँ मतादाता तथा जेष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिन्ह्मा कसरि मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको तिलोत्तमाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले बताए । उनले मतदाता शिक्षालाई अझै प्रभावकारी बनाएर म तबदर हुनबाट जोगिनको लागि मतदाताको घरदैलोमा पुगरे मतदाता शिक्षा प्रदान गरेको बताए ।उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । शुक्रबार तिलोत्तमा ९ मा गरिएको घरदैलोको क्रममा आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै मेयर पदका उम्मेद्वार खाँणले तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुलाई मतदान गर्न आग्रह गरेका थिए ।
घरदैलोमा उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा सहि तरिकाले मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।मतादाता शिक्षाको बारेमा पहिले थाहा नपाएपनि गठबन्धनका उम्मेद्वारले सहि तरिकाले मतदान गर्न सिकाएको प्रति स्थानीयले खुसि ब्यक्त गरे । तिलोत्तमा ९ कि ३७ वर्षिया रुपमाया चौधरीले गठबन्धनका उम्मेद्वारको कारणले आफुले मतदान गर्ने तरिका थाहा पाएको बताउँदै यो पटक गठबन्धनका उम्मेद्वारलाई नै मतदान गर्ने बताईन् । उनले भनिन्, गठबन्धनका उम्मेद्वारलाई नै मतदान गर्ने बताईन् । उनले भनिन्,‘भोट माग्न धेरै आए, तर कसैले पनि मतदान गर्ने तरिकाको बारेमा सिकाएनन्, यदि गठबन्धनका उम्मेद्वारले नसिकाएको भए मेरै मत पनि बदर हुने रहेछ । ’वडाका उम्मेद्वारसहित पुगेका मेयर तथा उपमेयरका उम्मेद्वारहरु मतदाताको घरदैलोमा पुगेका हुन् । गठबन्धनबाट तिलोत्तमा ९ को वडा अध्यक्ष पदका उम्मेद्वार धु्रव न्यौपाने, सदस्य पदका उम्मेद्वारहरु गोपाल बस्याल र हर्क बहादुर पुन, महिला सदस्य पदका उम्मेद्वार मिस्सु शाही र दलित महिला सदस्य पदका उम्मेद्वार र्सिजना बुढाप्रितिले पनि मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाएर भ्रष्टाचारमुक्त तिलोत्तमा बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।
तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन
तिलोत्तमा, २३ बैशाख । नेपाल तरुण दलले तिलोत्तमा २ मा रक्तदान कार्यक्रम गरेको छ । निर्वाचनको मिति नजिकिसंगै रगत अभाबलाइ कम गर्न रक्तदान कार्यक्रम गरिएको हो । तरुण दलका वडा सभापति हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरमा कांग्रेसबाट मेयरका उम्मेदवार रामकृष्ण खांणले कांग्रेसले सामाजिक सेवा गरिरहने बताए । उनले युवा पुस्ता नेपाली कांग्रेसको उर्जा भएको भन्दै समाज रुपान्तरणका लागि कांगे्रसलाइ जिताउन आग्रह गरे । उनले रक्तदान महान काम भएको भन्दै कसैको जीवन बचाउन रगतदान गर्नु सकारात्मक कदम भएको धारणा राखे । कार्यक्रममा ५१ जनाले रगतदान गरेको नेपाल तरुण दलले जनाएको छ । कार्यक्रममा जिल्ला सदस्य कमला पाण्डे, प्रदेश २ क राममाया पौडेल,नगरसभापति हरिलाल पाण्डे,वडा न २ का सभापति पूर्णबहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रममा कांग्रेसका भातृ संगठनका सदस्य,शुभेच्छुक तथा स्थानीयले रक्तदान गरेका हुन् ।












