११ वर्षमा गौरवपुर्ण सबलयात्रा

प्रकाशित मिति:

मोफसलको संचार राजधानी बुटवलबाट नागरिकको सु–सुचित हुने हकलाई स्थापित गर्ने उद्धेश्यले शुरु गरिएको सबल नेपाल साप्ताहिक र सबलपोष्ट अनलाईनको प्रकाशन संस्था सबल नेपाल मिडीया प्रा लीको सबल यात्रा ११ बर्षमा प्रबेश गरेको छ । कुनै पनि मिडीया सन्चालन गर्नु मात्र ठुलो कुरा नभइ त्यसको निरन्तरता र पत्रकारिता प्रतिको धर्म निर्वाह महत्वपुर्ण भएको कुरालाई हामीले शुरु देखी नै स्विकार्दै आएका छौं । मोफसलका सबै मिडीयाका चुनौती हाम्रा पनि साझा चुनौती हुन् । हामी यही अफ्ठ्याराहरुका बिच पनि यस कुरामा गर्व गर्छौं, कुनै रहरले चालिएको यात्रा आज यस क्षेत्रमा हामी आफै मात्र नभएर पत्रकारिता प्रति बिश्वास राख्ने धेरैको आवश्यकताको रुपमा स्थापित भएका छौं । हामीले धेरै गर्यौं अथवा अरु भन्दा फरक रह्यौं भन्ने हैन तर कम्तिमा पत्रकारिताको नियमित धर्म लाई सुरक्षित राख्यौं र फरक देखिने प्रयासमा जुट्यौं यो छोटै समय भएपनि हाम्रो मोटो उपलब्धि हो ।

सबल नेपाल मिडीया प्रा लीले २०६८ साल देखी सबल नेपाल साप्ताहीक प्रकाशन गर्दै आएको थियो । स्थापनाकाल देखीनै अनलाईन पनी सन्चालन रहेता पनी सबलपोष्ट अनलाईन २०७५ साल देखी विधिवत रुपमा दर्ता गरेर सन्चालन भैरहेको छ । यस क्षेत्रका स्थानीय समस्या तथा बिकाशका बिषयवस्तुहरु हाम्रा प्राथमिकता रहे, साथै अनलाईनका माध्यमबाट देश तथा बिदेशका पाठक सम्म पुग्यौं । सबल नेपाल मिडीया प्रा ली द्धारा संचालित सबलपोष्ट अनलाईन पत्रिकाबाट तत्काल अपडेट हुने व्यावस्था गरेका छौं यसवाट मोफसलमा मात्र नभएर विश्व भरी छरीएर रहेका नेपाली समुदायमा आफ्नो स्थान वनाउन सफल भएका छौ यो हाम्रो ठुलो उपलव्धी हो भन्ने लाग्दछ । युटुव र फेसबुक पेज मार्फत प्रसारण हुने सबलपोष्ट अनलाईन टेलीभिजन पनी सन्चालनको प्रयास गरीरहेका छौ ।

साथै पत्रकारिता मार्फत अगाडि बढ्न चाहने युवाहरु लाई लक्षित गरेर पत्रकारिता तालिम संचालन गर्दै आएका छौं ,जसले व्यावसायिक पत्रकारितामा इट्टा थप्न सहयोग गरेको कुरामा हामी बिस्वस्थ छौं । पाठक तथा शुभेच्छुकको सकारात्मक सुझाव तथा चासोले हामीलाई थप हौसाएको छ । यो अभियानमा साथ दिने सम्पुर्ण बिज्ञापन दाता,शुभेच्छुक, पाठक,अनवरत रुपमा क्रियाशिल सबल टिम तथा अन्य सरोकारवाला निकाय प्रति धन्यवाद ज्ञापन गर्दै नियमित सहयोगको अपेक्षामा छौं । आगामी दिनमा पत्रकारिता मार्फत नागरिकका समस्या समेट्ने तथा नागरिकको सुसुचित हुने अधिकारमा थप सहयोगी बन्ने कुरामा प्रतिवद्ध छौं ।
अमृत पाण्डेय
अध्यक्ष
सबल नेपाल मिडीया प्रा ली