युनाइटेडको लज्जास्पद हार

प्रकाशित मिति:

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ ।घरेलु टोली ब्राइटनले युनाइटेडलाई ४-० अन्तरले पराजित गर्‍यो । ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले एक-एक गोल गरे ।

जितपछि ब्राइटन ३६ खेलमा ४७ अंक जोडेर नवौं स्थानमा छ । युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा छ । योसँगै युनाइटेडको च्याम्पियन्स लिग सम्भावना कम भएको छ ।