प्रकाश न्यौपाने
वैशाख २५
नवलपरासी । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पश्चिम नवलपरासिमा पार्टिको बिरुद्धमा बागि उमेदवारी दिएका ६ जनालाई नेपाली कांग्रेस जिल्ला कार्य समितीले कारबाही गरेको छ । उम्मेद्दार र उम्मेदवारका प्रस्थापक र समर्थकहरुलाई समेत कारबाही छ । सरावल गाउपालिकाका निवर्तमान गाउपालिका प्रमुख राधेश्याम चौधरी, उहाका प्रस्तापक राजु हरिजन, सर्मथक रियाद अलि अन्सारी लाई नेपालि कांग्रेस जिल्ला कार्यसमितीले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरेको हो । उहा पार्टिको जिल्ला सदस्य रहनु भएका चौधरी सरावल गाउपालिकाको पालिका अध्यक्षमा उठेपछि पार्टीले कार्वाही गरेको हो ।
त्यसै गरि उपाध्यक्ष पदमा उमेदवारी दिएका प्रदिप अग्रहरी उहाका समर्थक घनश्याम चौधरी, वडा ४ को अध्यक्ष पदमा उमेद्वारी दिएका छोटेलाल यादव, वडा सदस्य पदका उमेदवार अलिहसन कुजडा र रामपृत नाउलाई साधारण सदस्यबाट निष्कासन गरिएको नेपाली कांग्रेस जिल्ला सचिव कुलदिप आचार्यद्धारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।












