आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै

प्रकाशित मिति:

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएलमा सोमबार मुम्बई इण्डियन्स र कोलकत्ता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।भारतको मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा मुम्बई र कोलकत्ताबीचको खेल आज राति पौने ८ बजे हुनेछ ।मुम्बई तेस्रो जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा मुम्बईले गुजरात टाईटन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

कोलकत्ता भने लखनउ सुपर जायन्ट्ससँग ७५ रनले पराजिवत भएको थियो । ४ अंकसहित मुम्बई तालिकाको पुछारमा छ भने कोलकत्ता ८ अंकसहित ९ औँ स्थानमा छ ।