सुनवलमा चुनावमा वितरण गर्न राखेका साडी बरामद

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
२६ बैशाख
 नवलपरासी । मतदातालाई दिन तयारी अवस्थामा राखेका
साडीलाई सुनवल प्रहरीले सोमबार बरामद गरेको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ स्थित सुरेश यादवको घरबाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिसपी प्रेम बहादुर शाहीले जानकारी दिनु भयो  । बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताए । बरामद भएको साडी कुन प्रयोजनका निम्ती ल्याइएको थियो भन्नेबारे अनुसन्धान भइरहेको शाहीले बताउनु भयो ।
बरामद साडी नेकपा एमालेका उमेदवारले बाँड्न ल्याएको आरोप विपक्षीको आरोप छ । तर एमालेबाट सुनवल नगरपालिकाको प्रमुख पदका उम्मेदवार विमला अर्यालले भने त्यसलाई अस्वीकार गर्नु भयो । ‘ साडीबारे
मलाई थाहा भएन । हामीले कसैलाई केही बाँड्दैनौ । कार्यकर्ताहरु आफ्नै खर्चमा प्रचार प्रसारमा जुटेका छन् । उहाले भन्नु भयो  ।
मतदातालाई प्रलोभनमा पार्न अहिले जिल्लाका सबैजसो प्रतिस्पर्धी उम्मेदवारहरुले नगददेखि लत्ताकपडा र सामाग्री दिन शुरु गरेका छन् । २७ गते रातिबाट मौन अवधि शुरु हुने भएकाले उमेदवारहरुले रक्सी र मासुसमेत मतदाताहरुलाई दिन थालेका छन् । कार्यकर्ताहरुका घरमा अहिले रक्सी लगेर स्टक राख्न थालेका छन् । मासु भने कुपन र नगदै दिएर खरिद गर्न लगाएका छन् । उमेदवारहरुले वडा तहमा रहेका पार्टीका कार्यकर्ताहरुलाई रकम दिएर पठाउन थालेको बताइएको छ ।