दाङ मा बस र्दुघटना : मृतकको संख्या २० पुग्यो
सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा भएको दुर्घटना परि मृत्यू हुनेको संख्या २० पुगेको छ ।
दाङ/ सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा भएको दुर्घटना परि मृत्यू हुनेको संख्या २० पुगेको छ । बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन्। बस कृष्णसेन इच्छुक पोलि टेक्निकल इन्स्ट्च्यिुटको रहेको बताइएको छ। विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।












