दु :खद खबर: स्याङ्जाको वालिङमा जीप दुर्घटना १३ जनाको ज्यान गयो, १० जना घाइते

प्रकाशित मिति:

स्याङ्जा – स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् ।मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएकाे छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे ।

उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएकाे छ ।अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।