भरतपुरमा १ सय ५० मत गन्दा विजय सुवेदी १५ मतले अघि

प्रकाशित मिति:

चितवन – भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी अग्रता बढाउनुभएको छ ।अहिलेसम्म एक सय ५० मत गन्दा एमालेका विजय सुवेदीले ६६ मत प्राप्त गर्नुभएको छ । सुवेदीलाई पछ्याइ रहनुभएकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ५१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ५७ र राप्रपाकी हिमला गुरुङले ४५ मत प्राप्त गर्नुभएको छ ।