प्रकाश न्यौपाने
जेष्ठ २ गते
नवलपरासी । नवलपरासीकि बर्दघाट नगरपालिकामा हालसम्म ४ वटा वडाको मत गणना सकिएको छ । जसमामा वडा नम्बर १ सन्दिप सापकोटा नेपाली काङ्ग्रेस ७०७, वडा न ३ स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारी २६९ ल्याएर बिजयी हुनु भएको छ । त्यस्तै वडा १५ रुद्र बहादुर आले ११३० ल्याएर एमाले बाट र वडा नम्बर १६, भिम काजी गुरुङ नेपाली काङ्ग्रेसका १४६७ ल्याएर बिजयी भएका छन । वार्ड न २,४,र,१४ को मत गणना जारी रहेको छ ।
मेयर पदमा रुख ५०३३ र सुर्य ४३८८ मत पाएका छन । हाल सम्म मेयरमा रुख ६४५ मतले अग्रता भने उपमेयर मा सुर्य ४५४६ र हसिया हथौडा ३९६२ सुर्य ४८४ मत ले अग्रता रहेको छ ।












