स्याङ्जा : स्थानीय तहको निर्वाचनमा स्याङ्जाको भीरकोट नगरपालिकामा मेयर र उपमेयर प्यानलसहित विजयी भएका छन् । भीरकोट नगरपालिकामा अत्यधिक बहुमतले नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार गोविन्दकुमार कर्मचार्य र उपमेयर भगवती काफ्ले विजयी भएका हुन् ।
भीरकोटमा रहेको ९ वडामध्य ८ वटा वडामा प्यानलसहित र एउटा वटामा वडाध्यक्ष बाहेक ४ सदस्य नेपाली कांग्रेसको तर्फबाट विजयी भएका छन् । वडा नं। ६ मा एमालेका वडाध्यक्ष देवी अर्यालले मात्र विजय प्राप्त गरेका छन् । यसरी कुल ४७ सीट मध्य ४६ सीटमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेका जनप्रतिनिधिहरु अनुमोदित भएका छन् ।












