पश्चिम नवलपरासीका सातै पालिका जनप्रतिनिधिले सपथ खाए

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ ६ गते

नवलपरासी । ३ पश्चिम् नवलपरासीमा ३ नगरपालिका र ४ गाउपालिका गरि सातै वटा स्थानीय तहका नगरप्रमुख एवम पालिका अध्यक्षहरुले आज सपथ लिनु भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार शाहले शुक्रबार जिल्ला सदरमुकाम परासीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ ग्रहण गराउनु भएको हो।

सुनवल नगर प्रमुख बिमला अर्याल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, प्रतापपुर गाउपालिका प्रमुख उमेश यादव, सुस्ता गाउपालिका प्रमुख टेकनारायण उपाध्यय, पाल्ही नन्दन गाउपालिका प्रमुख बैजु प्रसाद गुप्तालगायतको उपस्थिती रहेको थियो ।

यसै बिच बर्दघाट नगरपालिकाका निर्वाचित नगर उपप्रमुखसहित १६ वटै वडा अध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख सम्भुलाल श्रेष्ठले सपथ ग्रहण गराउनुभएको छ । सपथ ग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सबै जनप्रतिनिधी र कर्मचारीहरुको सहकार्यबाट नगरको दिगो बिकास तर्फ बढ्न सकिने दिनुभयो । कार्यक्रममा उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आम जनताको विश्वासलाई कदर गर्दै नगरको समृद्धिकालागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।