काठमाडौंमा बालेनले ३३ हजार मत कटाए

प्रकाशित मिति:

काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार मत कटाएका छन् ।पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३३ हजार २६० मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बढाइरहेका छन् दोस्रो स्थानमा रहेका नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले भने १७ हजार ६९२ मत ल्याएका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १७ हजार ५७९ मत ल्याएकी छिन् । स्थापित र सिंहको मतान्तर ११३ मात्र रहेको छ ।महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोल २६ हजार ५७५ मतसहित अगाडि छन् । एक साताअघिदेखि सुरु भएको मतगणना जारी छ ।