भरतपुरमा रेनुको अग्रता बढेको बढ्यै, एमालेका विजय ७ हजार बढी मतले पछाडि

प्रकाशित मिति:

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम राखेकी छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ७ हजार १५ मतको फराकिलो अग्रता लिएकी हुन् ।

आइतबार बिहानको मतपरिणाम अनुसार रेनुले ३५ हजार ९८ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले(राप्रपा गठबन्धनका विजय सुवेदीले २७ हजार ६८३ मत पाएका छन् । स्वतन्त्र उम्मेदेवार जगन्नाथ पौडेलको ११ हजार ८३५ मत पाएका छन् ।उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ३७ हजार ३२६ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले २१ हजार ९०० पाएकी छन् ।