रुपन्देही/रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण ६३ मतले अगाडि छन्।२७ हजार २४० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले १० हजार ५६२ र नेकपा ९एमाले० का मोहन चापागाईंले १० हजार ४९९ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमालेकी जागेश्वरदेवी चौधरी फराकिलो मतान्तर सहित अगाडि छन्। उनले १० हजार २०१ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का हेमलाल पाण्डेले पाँच हजार १२ मत प्राप्त गरेका छन्।












