काठमाडौं, जेठ ८ – सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूलय बढाएको छ। डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन आन्तरिक लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो।
यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो । नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ।त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ। हवाइ इन्धन आन्तरिकको भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।












