पन्चनगर खानेपानीद्रारा नया डिप बिरिङको शुभारम्भ

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने 

जेष्ठ ९ गते

नवलपरासी । बर्दघाट १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आज एक कार्यक्रमका बीच नया डिप बोरिङको शुभारम्भ गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय रुपन्देहीको सहयोगमा नया डिप बोरिङको शुभारम्भ गरिएको व्यवस्थापक नारायण गिरिले जानकारी दिनु भयो ।

डिप बोरिङका लागी जग्गा स्थानीय सुर्य प्रकाश अधिकारिले निशुल्क उपलब्ध गराउनु भएको अध्यक्ष यम बहादुर क्षेत्रीले जानकारी दिनु भयो । क्षेत्रीका अनुसार स्थानीयहरुको निकै सहयोग रहेको बताउदै उहाले पन्चनगर क्षेत्रमा रहेका हरेक घर घुरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने दीर्घकालीन योजनाका साथ अहिलेको कार्यसमिति अघि बढेको बताउनु भयो ।


हाल २ हजार १ सय ५६ घर धुरीमा खानेपानी सप्लाइ गरिरहेको पन्चनगर खानेपानीको स्थानीय स्तरमा निकै माग बढेकोले तत्कालै नाय डिप बोरिङको काम सुरुवात गरिएको क्षेत्रीले बताउनु भयो ।