शंकरनगर सामुदायिकवनद्धारा महिलालाई स्वरोगार तालिम

प्रकाशित मिति:

यमलाल भुसाल,बुटवल ९ जेठ-महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक समुह र तिलोत्तमाको वार्ड नं १को सम्युक्त रुपमा सप्ताहव्यापी जुत्ता चप्पल बनाउने तालिम दिएको छ । नगरका ५० जना गृहिणीहरुलाई प्रदान गरिएको तालिमबाट महिलाहरु आयआर्जन गर्नसक्ने र उत्पादनशील बन्ने भएकाले तालिम फलदायी भएको सहभागीको भनाई छ ।
तालिमको सोमबार समापन समारोहमा बोल्दै सहभागीहरुले कम लागतमा जुत्ता चप्पल बनाउने व्यवसाय सञ्चालन गर्न तालिम उपलब्धीमुलकहुने सुझाव दिएका छन ।

प्रशिक्षक प्रतिमा पन्थले सीप सिकेर स्वरोजगार बन्नका लागि महिलाहरुले दृढ इच्छाशक्ति राख्नुपर्ने बताउनुभयो ।डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले तालिम लिएका मध्ये १० प्रतिशतले मात्र व्यवसायिकरुपमा पेशा अंगालेमा तालिम फलदायी हुने धारणा राख्नुभयो । उहाले सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके महिला आत्मनिर्भर भई प्रतिष्ठा बढ्ने बताउनुभयो ।
शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतले महिलालाई उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञलन गरिएको बताउनुभयो ।तालिम समापन समारोहमा तिलोत्तमा वार्ड नं १ का निवर्तमान वडाध्यक्ष तामनाथ पाण्डे, वनकी उपाध्यक्ष कमला ज्ञवाली,सचिव कालिका अधिकारी,सहभागी विन्दु थापा लगायतले सामुदायिक वनहरुले वनको संरक्षण संगै उपभोक्ताहरुको आयआर्जन बढाउने काम पनि गर्नुपर्नेमा जोड दिएका थिए ।