काठमाडौं । काठमाडौं महानगरको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो जानकारी अनुसार यहाँ एक लाख ४२ हजार ९० मतको गणना भइसकेको छ ।
जसमा महानगर प्रमुखको स्वतन्त्र उम्मेदवार बालेन शाहले ४८ हजार ८९ मत प्राप्त गरेका छन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २९ हजार १८० मतका साथ पछ्याइरहेकी छन् ।त्यस्तैगरी तेस्रो स्थानमा रहेका केशव स्थापितले २८ हजार ३२६ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन र काँग्रे उम्मेदवार सिर्जनाको मतान्तर १९ हजार ९०९ रहेको छ ।त्यस्तै बालेन र एमाले उम्मेदवार स्थापितको मतान्तर १९ हजार ७६३ रहेको छ । त्यस्तैगरी स्थापित सिर्जनाभन्दा ८५४ मतले पछि परका छन् । यसअघि स्थापित सिर्जनाभन्दा अघि थिए ।












